७ बैशाख, नेपाल टेलिकमको इन्टरनेट तथा मोबाइल सेवामा समस्या आएको छ ।
सुर्खेत जिल्लाको छिन्चु नजिकै आगलागी हुँदा फाइबर जलेपछि समस्या आएको हो । नेपाल टेलिकम सुर्खेतका सूचना अधिकारी प्रेमकुमार गिरीका अनुसार प्राविधिक टोली त्यसतर्फ गैसकेको र करिब २ दुई घण्टामा समस्या समाधान गरिने छ । आगलागीबाट करिब ३ सय मिटर फारबर तार जलेको गिरीले बताउनुभयो ।
(अपडेट १२:४६ बजे)



Prawash Kumar Shakya । ७ बैशाख २०८०, बिहीबार १०:३७ बजे