मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त


३ फाल्गुण, सुर्खेत । भेरी नगरपालिका वडा नं. १ रिम्ना जाजरकोटमा हिजो बेलुका भएको बस दुर्घटना र त्यसवाट भएको मानवीय क्षतीप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय महेन्द्रवहादुर शाहीज्यूले गहिरो दुख व्यक्त गर्नुभएको छ ।

प्रदेश नं ५ को नेपालगञ्जबाट रुकुम पश्चिमको आठविसकोट जाँदै गरेको यात्रुवाहक वस दुर्घटना भई भेरी नदीको किनारामा खस्दा ४ जनाको दुखद निधन हुनुको साथै र चालक सहित ९ जना घाईते भएको घटनाले मुख्यमन्त्री शाही स्तब्ध हुनुभएको छ ।

मुख्यमन्त्री शाहीले दुर्घटनामा ज्यान गुमाउने सवैप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुको साथै शोकमा रहनुभएका मृतकका आफन्तजनहरुलाई धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्दै दुर्घटनामा घाईते हुनुभएका सवैजनाको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुको साथै उहाँहरुको भरपर्दो र प्रभावकारी उपचार व्यवस्था मिलाउन समेत सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले दुर्घटनामा उद्धार, उपचार तथा सुचना संप्रेशनमा खटने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, संचारकर्मी, स्थानीय जनता तथा सरकारी अधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

अफ्ठ्यारो भुगोल, साँघुरो कच्ची सडक तथा चालकको लापरवाही लगायतका कारणले कर्णालीमा सडक दुर्घटना बढीरहेको र त्यसवाट ठुलो मानवीय क्षति भईरहेकोप्रति मुख्यमन्त्री शाहीले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।