सुर्खेत विमानस्थल विस्तार गर्ने प्रयास जारी छः कार्यवहाक प्रधानमन्त्री खड्का


१० असोज, सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको विमानस्थल विस्तारमा आफूपनि लागि रहेको नेपाल सरकारका कार्यवहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले बताउनुभएको छ ।

आज सुर्खेत विमानस्थलमा नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कार्यवहाक प्रधान एवं रक्षामन्त्री खड्काले यस्तो बताउनुभएको हो । खड्काले अहिलेलाई यही विमानस्थल विस्तार गर्न प्रयास भैरहेको छ तर कर्णालीमा दिर्घकालिन विमानस्थल बनाउनकालागि वैकल्पिक विमानस्थलपनि बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यवहाक प्रधानमन्त्री खड्काले सुर्खेतमा १३२केभी प्रसारण लाइन विस्तारमा देखिएका समस्याहरुलाई पनि समाधान गर्नकालागि आफूलागि रहेको बताउनुभयो । त्यस्तै मदन भण्डारी राजमार्गको बडिचौर बेनिघाटका सडक विस्तारको प्रक्रिया पनी अगाडि बढेको उहाँले बताउनुभयो ।

सरकार सुशासनको मार्गचित्र कोर्ने तयारीमा लागिरहेको बताउँदै कार्यवहाक प्रधान एवं रक्षामन्त्री खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको र कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।

‘उपप्रधानमन्त्री खड्काले प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएको उपलब्धि कर्णाली करिडोर चीन सरकारले बनाउने निर्णय भएको जानकारी दिँदै उहाँले विकास निर्माणका कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वय गरेर अगाडि बढेको बताउनुभयो ।