विरामीमैत्री बाँके खजुराको आइशोलेसन


विरामी मैत्री आइशोलेसनकाबारे जानकारी दिँदै भेरी अस्पताल नेपालगंजका नर्सिङ्ग अधिकृत शिला शर्मा । फोटोः कमल न्यौपाने

२४ बैशाख, बाँके । कोभिड १९ (कोरोना संक्रमित) विरामीलाई उपचार गर्नका लागि खजुरामा बनाइएका आईशोलेसन विरामीमैत्री देखिएका छन् ।

सरकारी मापदण्डअनुसार विविध औजारसहित भेन्टिलेसन जडान गरिएका ती आइशोलेसन उपचारका लागि विरामीमैत्री देखिएका हुन् । यहाँ सरकारी मापदण्डअनुसार आइसुलेशन तयार गरिएको छ ।

यतिमात्र होइन सरकारी मापदण्डअनुसार नै विरामीका लागि गाँसबास र आबश्यक औजारहरू (खेलौना) को व्यवस्थापन समेत गरिएको छ । आइशोलेसन सतप्रतिशत मापदण्डमा नभएपनि विरामीका लागि सहज हुने गरी विरामीमैत्री र सेवामुखी रहेको भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा बताउनुहुन्छ ।

बाँकेको नेपालगन्जमा २३ जना संक्रमति भएको हुँदा आम जनमानस आतंकति बनेको थियो । तर, बुधबार भेरी अस्पतालले गरेको परिक्षणका क्रममा ३४ जनामा नै कोरोना नेगेटिभ देखिएको छ । यसले बाँकेबासीमा कोरोनासँग जुध्ने थप उर्जा र हौसला प्रदान गरेको छ । आइशोलेशनमा रहेका सबै विरामीका लागि सरकारले तोके अनुसारकै सेवा सुविधा सतप्रतिशत नभएपनि व्यवस्थापनमा अस्पतालले राम्रै प्रबन्ध मिलाएको छ । तर, विरामीका लागि आबश्यक सबै सेवा प्रदान गरिएपनि यहाँ उत्पादन हुने फोहोर विर्सजनमा भने एकदमै समस्या देखिएको छ ।

यसका लागि गाउँपालिकासँग पटक-पटक छलफल भइरहेको भेरी असप्तालकी नर्सिङ अधिकृत तथा आइशोलेसन इन्चार्ज शिला शर्मा बताउनुहुन्छ । उहाँका अनुसार पालिकाले पनि यहाँको फोहोर व्यवस्थापनका लागि प्रयास भइरहेको बताइएको छ । उहाँले भन्नुभयो ‘ एकदुई दिनमा यसको पनि व्यवस्थापन हुन्छ । ’ आइशोलेशनमा बसेकाहरूका लागि सरकारले प्रदान गर्ने सबै प्रकारका सेवा सुविधाका साथै औषधी उपचार र खानपानमा समेत उत्तिकै ध्यान दिइएको आइशोलेसनमा रहेकी इन्चार्ज तथा भेरी अस्पतालकी नर्सिङ अधिकृत शर्मा बताउनुहुन्छ ।

कोरोना विशेष आइसोलेसनमा खानपान बसाई, सरसफाईको ब्यबस्थापन ब्यबस्थित भएको र अस्पतालमा पोजेटिभ केस आउँदैमा त्रसित नहुन उहाँले स्थानीयसँग आग्रह समेत गर्नुभएको छ । उहाँकाअनुसार आईशोलेसनमा रहेका विरामी र यहाँ खटिएका स्वास्थ्यकर्मीको बसाई र खानापान एउटै र उस्तै व्यवस्थापन गरिएको छ । यसअघि आफन्तलाई छुट्टै राखिएको बाहिर आएको हल्ला गलत भएको भन्दै आफन्त वा यहाँ रहेका बाबुछोरीलाई एकै ठाउँमा राखिएको, उनीहरूको माग र आबश्यकताअनुसार सामग्री, खानापान र अन्य टाईमपासका साधनहरू उपलब्ध उहाँले बताउनुभयो ।

उपचारमा रहेका विरामीको अवस्था सामान्य छ । उहाँकाअनुसार खजुराको आईशोलेसनमा राखिएका विरामीमध्ये एक जना गर्भवती महिला पनि हुनहुन्छ । कोभिड १९ को समस्याले रूप लिन सक्ने कुरालाई ध्यान दिएर जनस्वास्थ्यको पहल र भेरी अस्पतालको सहयोगमा बाँकेको खजुरामा आइसुलेशन कक्ष तयार पारिएको थियो । उक्त कक्षमा गएको शुक्रबारदेखि बुधबारसम्म २३ जना संक्रमितहरूले नियमित उपचार गराई रहेका छन् । जसमा सात बर्षको बालिकादेखि ६० बर्षको जेष्ठनागरिकसम्म उपचारमा भएको उहाँले जानकारी दिनुभयो ।