२७ बैशाख, सुर्खेत । डोल्पाबाट RDT परिक्षणमा एक जनामा कोरोना भाइरसको नतिजा पोजेटिभ देखिएपछि आज शंकास्पद ११ जनाको स्वाब हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभुत बिद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ बर्षिय पुरुष र उहाँसँग सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर सुर्खेत ल्याइएको हो । डोल्पाको दुनै, जुफाल र पहाडाका ११ जना व्यक्तिको स्वाब संकलन गरेर ल्याइएको कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री नन्द सिंह बुढाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो ल्याइएको स्वाब परिक्षण प्रदेश अस्पतालमा पुर्याइएको छ अब नतिजाको पर्खाइ रहेकोछ ।
हिजो शुक्रबार १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्कने क्रममा स्थानीय स्वास्थकर्मीले RDT परिक्षण गर्दा पोजेटिभ देखिएपछि स्वाव संकलन गरिएको हो ।



Prawash Kumar Shakya । २७ बैशाख २०७७, शनिबार १९:४५ बजे