
जेठ ९, सुर्खेत । दिनको पहिलो खेलमा एबिसी स्पोर्ट्स क्लबले रोयल राइजिंग क्लबलाई ६ रनले पराजित गर्यो।
टस जितेर ब्याटिंग गरेको एबिसी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । उसको लागि दिनेश पुनले ३३ तथा मिलन क्षेत्रीले ३१ रन बनाए। रोयल राइजिंगका बलर सन्दिप शाहीले ३ विकेट लिए।
१४० रनको लक्ष्य पछ्याउने क्रममा रोयल राइजिंग क्लबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। रोयलको लागि सुमन गुरुङ्गले ३८ रन तथा आशिष सिंहले २२ रन बनाए। एबिसीका बलर दिनेश अधिकारीले सर्वाधिक ४ विकेट तथा अनिल खरेलले २ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच दिनेश अधिकारी चुनिए।
साभारः बुलबुले खबर ।
Milan Shrestha । ९ जेष्ठ २०७५, बुधबार ०८:१८ बजे