भेरीको पानी सुर्खेत उपत्यकामा ल्याउने तयारी


150101042021_bheri_river_640x360_bbc_nocredit२२ जेठ । सुर्खेत । झुप्रा वृहत खानेपानी सरसफाई उपभोक्ता संस्थाले आगामी आर्थिक वर्ष २०७३÷०७४ भित्र भेरी नदीको पानी पम्पिङ्ग गरेर वीरेन्द्रनगरमा खानेपानी ल्याउने तयारी गरेको छ । सरकारले जेठ १५ गते घोषणा गरेको बजेटमा बृहत पम्पिङ्ग विशेष आयोजनामा बजेट विनियोजन गरेपछि सम्भाव्यता अध्ययन शुरु हुने भएको हो ।

भेरी नदीको पानी कुन स्थानबाट पम्पिङ्ग गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा सम्भाव्यता अध्ययनको थालनी गरिने संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । उनले आगामी आर्थिक वर्षमा सम्भाव्यता अध्ययनसंगै प्रतिवेदन तयार गरेर काम अगाडी बढ्ने जानकारी दिए ।

सम्भाव्यता अध्ययनपछि मात्रै भेरी नदीको कुन स्थानबाट पानी पम्पिङ्ग गर्दा वीरेन्द्रनगरको सवै क्षेत्रमा पु¥याउन सकिन्छ भन्ने अग्लो स्थानको टुङ्गो लाग्नेछ । भेरी नदीको पानी पम्पिङ्गपछि मात्रै वीरेन्द्रनगर उपत्यकाको खानेपानी संकटन टर्ने अपेक्षा झुप्रा वृहत संस्थाको छ ।

सम्भाव्यता अध्ययनपछि मात्रै कतिसमय भित्र पानी वीरेन्द्रनगर ल्याउन सकिन्छ भन्ने एकिन थाहा हुने संस्थाका अध्यक्ष देवाकोटाले जानकारी दिए । रत्नराजमार्गको भेरी पुल नजिकैको आसपासबाट पानी पम्पिङ्ग गर्ने गरी अध्ययन हुने अध्यक्ष देवकोटाले बताए । उनका अनुसार यो पानी धुलियाविट र सुव्बाकुना आसपासमा ट्याङ्की निर्माण गरेर वीरेन्द्रनगरका अन्य स्थानमा पानी वितरण गरिनेछ ।

साभारः अनलाइन सुर्खेत