लाटीकोइली क्वारेन्टाइनबाट ६७ जना घर फर्किए


२ असार, सुर्खेत । विश्वव्यापी तिब्रगतिमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९को रोकथाम तथा नियन्त्रणकाकालागि देशमा विभिन्न स्थानीय निकायहरुले यतिवेला क्वारेन्टाइन बनाइन सञ्चालन गरिरहेका छन् ।

यसैवीच वीरेन्द्रनगर ९ लाटीकोइलीमा रहेको सामुदायिक विद्यालय शिब माध्यमिक विद्यालयमा रहेका ६७ जना नागरिकहरुलाई आज १४ दिनको क्वारेन्टाइन बसाई पश्चात RDT परिक्षण गरि नेगेटिभ आएपछि घर पठाइएको छ ।

वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा अध्यक्ष सुरेश मानन्धर भन्नुहुन्छ । “हामीले १४ दिन क्वारेन्टाइन बसे पश्चात आरडिटी परिक्षण गरि सबै जनाको नेगेटिभ आएपछि ७ दिन घरै बस्न अनुरोध गरि आज पठाएकाछौं । केही समस्या आएमा तुरुन्त सम्पर्क राख्न पनि अनुरोध गरेका छौं ।

वडा अध्यक्ष मानन्धरले क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्नुहुने कोपिला भ्याली सेवा समाज, ड्रिम समूह, नाङ्गो खुट्टा ईभेन्ट  लगाएत सबैमा आभार प्रकट गर्नुभयो ।

अब क्वारेन्टाइनमा ३ जना मात्र रहेको बताइएको छ ।