खुल्यो रारा जाने मूल बाटो


जेठ १८, सुर्खेत ।

रारा जाने मूलबाटो बोलको गीत सार्बजनिक भएको छ । भाषाको जन्मथलो कर्णालीको जुम्लामा जन्मिएका गायक छात्र शाहीको शब्द, संगित रहेको सो गीतमा छत्र शाहीलाई कालीकोटकी गायीका प्रमिला शाहीले स्वरमा साथ दिएकीछन् ।

भाषा र सँस्कृतिको उद्भव स्थल मानिएको सिंजा दरा तथा पर्यटकिय प्राकृतिक सुन्दरताले भरीपूर्ण राराको पेरीफेरीमा छायांकन गरीएको सो म्यूजिक भिडियोका दृष्यहरुले दर्शकलाई मोहीत बनाउने निर्देशक खगेन्द्र न्यौपानेको दाबि छ ।

बाबु कृष्ण परियार, ज्ञानु शाही, अलिजा बिस्टलगायत कलाकारले अभिनय गरेको म्यूजिक मिडियोले गायक छत्र शाहीलाई नेपाली सांगितिक आकाशमा फरक पहिचान बनाउन सहयोग गर्ने र गायीका प्रमिलालाई स्थापीत गायीका बनाउने आशा गरीएको छ ।

देउडा तथा ठाडी भाका गाएर अलग्गै पहिचान बनाई सकेका गायक छत्र शाहीले कर्णालीको सुन्दरतामा सबैलाई मोहीत बनाउन जुम्ला र राराका बिभिन्न स्थानमा छायांकन गरीएको जानकारी दिए ।