
मिलन श्रेष्ठ
सुर्खेत, १८ जेठ । बिगत लामो समय देखि सुर्खेत जिल्ला र जिल्ला देखि बाहिरका अन्य जिल्लाबाट सेवा सुविधा दिदै आएको सुर्खेत जिल्लाको मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघले शुक्रबार (आज ) देखि सुर्खेत देखि भारतको राजधानी दिल्ली सम्मका लागी आफ्नो बस सेवा विस्तार गरेको छ ।
मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघले यात्रुहरुको सेवा सुविधालाई ध्यानमा राखि शुक्रबार (आज) देखि आफ्नो सेवा विस्तार गरेको हो । सेवा विस्तार गर्ने क्रममा ना.५.ख. ४६९६ को बसले पहिलो यात्रा शुरु गरेको छ । वीरेन्द्रनगर १० तल्लो घुस्राका गोपाल वि.सी.को बस आज दिल्लीका लागी छुटेको छ ।

दिल्ली जाने बसको शुभारम्भ गर्दै संघका अध्यक्ष विष्णुबहादुर खड्काले अब कर्णालीका यात्रुहरुले दिल्ली यात्रा गर्दा विच बाटो लुटिने पिटिने हुनबाट बच्ने बताए ।
रारा एसी मेट्रो बसका संयोजक दुर्गाप्रसाद ज्ञावलीका अनुसार सुर्खेत देखि दिल्लीका लागी बस सेवा प्रत्येक आईतबार र बुधवार दिनको ३ बजे सुर्खेत बसपार्कबाट दिल्लीका लागी साथै प्रत्येक मंगलवार र शुक्रबार सांझ ५ बजे दिल्लीको राधाकृष्ण मन्दिर जागिरपुरी बाईपास देखि सुर्खेतका लागी छुट्ने जानकारी दिए । ज्ञावलीका अनुसार बस छुटाउने हाम्रो आफ्नै तालिका भएता पनि आज पहिलो दिन भएको हुँदा शुक्रबार नै बस छुटाएका हौं ।
यसै गरी बस चालक नवराज चौधरीका अनुसार हाल केहि समयका लागी नेपाल देखि दिल्ली सम्म बस संचालन गरेका अनुभवी बस चालकले सुर्खेत देखि दिल्ली सम्मका लागी बस लैजाने छन् भने हामीलाई बाटोको पूर्ण अनुभव भएपछि सुर्खैतकै बस चालकहरुले सिधा यात्रा भर्ने छौं । चौधरीकाले सुर्खेत दिल्ली ६ सय ३४ किलो मिटर रहेको छ सुर्खेत देखि जाने बस नेपालगंज भारतको रुपैडिहा–बरेली–गाजीयाबाद हुदै दिल्ली पुग्ने बताए ।

आज दिल्ली जाने यात्रुहरुलाई संघका सहसचिव भोजबहादुर डाङ्गी र संघका सल्लाहकार विमल बोहोराले खादा ओढाएर अविर लगाइ विदाइ गरेका थिए ।
यसै गरी मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघ सुर्खेतका बरिष्ठ इन्चार्ज कुष्ण श्रेष्ठका अनुसार यो सेवा सुविधा कर्णाली प्रदेशकै पहिलो सुविधा भएको बताउदै, सुर्खेत–दिल्ली भाडा दर नेपाली २ हजार ४ सय रुपैया रहेको र बसमा यात्रुका लागी सम्पूर्ण सेवा सुविधा रहेको जानकारी दिए । श्रेष्ठका अनुसार यात्रुहरुलाई बिच बाटोमा समय व्यतित गर्न नपरोस् भनेर नेपाल भारत एम्बेसीबाट १ पटकका लागी रु ४ हजार रुपैयाा बाटो अनुमती शुल्क तिर्ने गरेका छौं ।
आजको पहिलो यात्रुको रुपमा वीरेन्द्रनगर ६ गोबिन्द रसाईली रहेका छन् ।



Milan Shrestha । १८ जेष्ठ २०७५, शुक्रबार १०:२५ बजे