सडक दुर्घटना न्यूनिकरण गर्न सरकारलाई झक्झक्याउँदै “किरण” (भिडियोसहित)


७ चैत्र, सुर्खेत । “अपाङ्गले केही गर्न सक्छ” भन्ने सन्देश सहित २०७६ बैशाख २३ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको मुटु वीरेन्द्र चोकमा व्यक्तिगत लगानीबाट बनाइएको जेब्रा क्रसिङ्गका चिन्ह यतिवेला भेटाउन गाह्रो भएको छ ।

त्यो जेब्रा क्रसिङ्ग बनाउने यूवा हुनुहुन्थ्यो किरण किशोर सापकोटा । सापकोटाले आज आफुले बनाउनुभएका जेब्रा क्रसिङ्गका चिन्ह मेटिदा अब यो पुनः बनाउने जिम्मा कस्को स्थानीय निकायको, प्रदेश सरकार वा संघीय सरकारको? यही उत्तरदायित्व खोज्नकालागि आज दवाव स्वरुप वीरेन्द्र चोकमा जेब्रा क्रसिङ्गका २ वटा चिन्ह र प्रश्नवाचक चिन्ह बनाउनुभएको छ ।

सापकोटाले त्यतीवेला वीरेन्द्रनगरको भैरवस्थान विद्यालय अगाडी मुख्यबजारको चौक (वीरेन्द्र) र तल्लोबजार बाट हटिया जाने चौकमा जेब्रा क्रसिङ्ग र संकेत चिन्ह र ३ ठाँउमा २० थान क्याटलाइट (गाडीको बत्तीले टल्कने बत्ती) आफ्नै लगानीमा राख्नुभएको थियो ।