१ सय १४ बालबालिका विद्यालयमा भर्ना


प्रमिला बुढामगर
जेठ १९, रोल्पा ।

त्रिवेणी गाउँपालीका रोल्पामा यस वर्ष सञ्चालन भएको विद्यार्र्थी भर्ना अभियानमा १ सय १४ बालबालिका विद्यालयमा भर्ना भएका छन् ।

जस्मा ४५ बालिका र ६९ बालक र ७ जना अपाङ्गता भएका बालबालिकाहरु विद्यालय भर्ना भएका हुन् ।

विद्यालय बाहिर रहेका २ सय, ५ बालबालिकालाई विद्यालय भर्ना गराउन त्रिवेणी गाउँपालिका र स्थानिय संध संस्थाहरु सँग हातेमालो गरेर विभिन्न कार्यक्रमहरु संचालन गरीएको थियो ।

विद्यालय बाहिर रहेका ७ देखि १३ बर्षका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउनका लागि ७ वटा ठाउँमा १ सय दिनको वैकल्पिक कक्षा संचालन समेत गरीएको थियो । प्रत्येक वडा कार्यालयले विद्यार्थी भर्ना गर्नका लागि आपm्ना मातहतका संयन्त्रहरु परिचालन गरेको जनाइएको छ ।

जनप्रतिनिधिहरुले अनिवार्य रुपमा विद्यालय बाहिर रहेका बालबालिकाको घरमा भेटी भर्ना गर्न अभिप्रेतिर गर्ने काम गरेका थिए । यस पालिकाका ४० वटा विद्यालयका शिक्षक, विद्यालय ब्यवसथापन समिति, अभिभावक र बालक्लबहरुले प्रत्येक टोल टोलमा भर्ना अभियान संचालन गरेका थिए भने स्थानिय एफएम रेडियो, प्रत्रपत्रिकासँग पालिका, सेभ द चिल्ड्रेन र हुरेक रोल्पाले साझेदारी गरेर विभिन्न सन्देश मुलक जींगल तथा पीएसएहरु प्रशासण गरेका थिए ।

गाउँशिक्षा समितिका अनुसार अझै पनि विद्यालय उमेरका ९१ जना बालबालिका विद्यालय भर्ना हुन सकेका छैनन् । विद्यालय भर्ना हुन नसकेका बालबालिकाहरुलाई भर्ना गराउन विशेष अभियान संचालन गरेर भर्ना गराउने गाउँ शिक्षा समितिका अध्यक्ष कबिराज बुढाले बताउनु भयो ।

‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाईमा स्थायित्व’ भन्ने मूल नारा सहित शैक्षिक सत्रको सुरुमै अभियान आरम्भ गरिएको थियो । गाउँपालिकाले विद्यार्थी भर्ना अभियान २०७५ को आर्दश राष्ट्रिय नारा “हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा” का साथै अन्य नाराहरु “सबै बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गरौं” र “अनिवार्य आधारभूत शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाई उपलब्धिमा सुधार कार्यक्रम कार्यान्वयनका लागि सहयोग गरांै” तयार गरि भर्ना अभियान संचालन गरेको थियो ।

जोखिम तथा सिमान्कृत बालबालिकाहरुलाई सहयोग गर्नका लागि गाउँ पालिकाले १० लाख, सेभ द चिल्ड्रेन र हुरेक बाट ५ लाख गरेर जम्मा १५ लाखको आपतकालिन कोषको व्यवस्था गरेको पालिकाका अध्यक्ष शान्तकुमार वलीले बताउनु भयो । विद्यालय बाहिर रहेका बालबाकिाहरुलाई विद्यालयमा टिकाई राख्न तथा बालश्रम न्यूनिकरणका लागि शैक्षिक सामाग्री सहयोग, सकारात्मक अभिभावक शिक्षा कक्षा संचालन, जिवनपयोगी कक्षा संचालन, जोखिम तथा सिमान्कृत बालबालिकाका अभिभावकहरुलाई आर्यआर्जन वृद्घिका लागि सिपमूलक तालिमहरु र ब्राखा तथा कुखुरा ५०÷५० वटा घर परिवारलाई सहयोग गर्ने योजना रहेको हुरेकका कार्यक्रम संयोज ककुमार पोख्ररेलले बताउनु भयो । यस गाउँपालिकामा सेभ द चिल्ड्रेनको र हुरेकको साझेदारीमा एकिकृत र हामी सिक्न सक्छौं परियोजनाहरु संचालनभई रहेका छन् ।