यूवा पुस्तालाई संस्कृति संरक्षणमा जुट्न आग्रह


२६ असोज, सल्यान । कपुरकोट गाउँपालिका सल्यानले मौलिक संस्कृती संरक्षणमा जुट्न युवा तथा पछिल्लो पुस्तालाई आग्रह गरेको छ ।

गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले आइतबार कपुरकोट १ गैरिवाङमा आयोजित पौरानीक मेला तथा सांस्कृतिक कार्यक्रममा संस्कृती संरक्षणमा जोड दिनुभएको छ ।

आफ्नो गाउँठाउँमा सोरठी, पैसरी नृत्य तथा टप्पा, झाँप्रे गित लगाएत मौलिक कला संस्कृती पछिल्ला पुस्तालाइ सिक्न उहाँले आग्रह गर्नुभएको हो ।

संस्कृती संरक्षणका लागी आफ्नो गाउँपालिकाले बजेट समेत विनियोजन गरेको जनाउदै अध्यक्ष सेनले केहि समय पछि मौलिक लोक कला संस्कृतीको सम्मेलन तथा प्रतिगोगीता आयोजना गरिने पनि बताउनुभयो । यस संगै गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाइ प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सृजनशिल वहु सांस्कृतिक युवा क्लवको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, साहित्यकार भद्र सिंह बुढा, वडा नम्बर १ का वडाध्यक्ष बालाराम खड्का, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी लगाएतले मेला पर्व तथा विभिन्न कार्यक्रममा कलाकारहरुले सन्देशमूलक र जागरण गर्ने खालका प्रस्तुती राख्नुपर्ने बताउनुभएको थियो ।