सुर्खेत महिला जेसिजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न


१९ जेठ, सुर्खेत । सुर्खेत महिला जेसिजले यही जेठ १२ गते देखि सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न भएको छ ।

सुर्खेत महिला जेसिजले स्लो स्कूटी दौड, छालाको हेरचाह सम्बन्धी प्रशिक्षण, वक्तृत्वकला प्रतियोगिता, दन्त परिक्षण शिविर, शैक्षिक सामाग्री र खाजा वितरण र आज अन्तिम दिन सम्मान कार्यक्रम मम्स (आमा) डान्स प्रतियोगिता गरि सप्ताहव्यापी कार्यक्रम गरि सम्पन्न गरेको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका वर्ष २००५का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर गेहेन्द्रप्रसाद दाहालले कर्णालीका पछडिएका महिलाहरुलाई जागरुप बनाउने पर्ने बताउनुभयो । सप्ताहव्यापी र अधिवेशन कार्यक्रम गरेर मात्र हुँदैन जेसिजका सम्पूर्ण लिडरहरुले आफूले जानेका भोगेका कुराहरुलाई सबै माझ आदानप्रदान गरेर कर्णालीका महिलाहरुको क्षमता अभिबृद्धी गर्नुपर्नेमा दाहालले जोड दिनुभयो ।

कार्यक्रममा नारीहरुमा उदाहणिय नारीको रुपमा तथा सम्पूर्णनारीहरुका प्रेरणाका श्रोत बन्नुभएकी दृष्टिविहीन सोमना खड्कालाई सम्मान गरिएको थियो ।

प्रथम दिन सम्पन्न स्लो स्कूटी दौडका विजेता धनु राम्जाली प्रथम हिमा मल्ल दृतिय र तुलसी थापाले तृतिय स्थान त्यस्तै वक्तृत्वकलाका विजयी चन्द्रा खत्री र आज सम्पन्न मम्स डान्स प्रतियोगिताकी विजयी जानकी मगरलाई प्रमुख अतिथी गेहेन्द्रप्रसाद दाहाल पुरस्कार वितरण गर्नुभएको थियो

कार्यक्रममा सुर्खेत महिला जेसिजका संस्थापक अध्यक्ष सिमा चन्दले जेसिजले कुनै पनि गलत काम नगर्ने बताउँदै सप्ताहव्यापी कार्यक्रम शुरु गरेपछि सुर्खेतको एक दैनिक पत्रिकाले कुनै नबुझी एकतर्फी रुपमा समाचार प्रकाशित गरेको आपत्ती जनाउनुभयो । उद्घाटनको दिनमा वीरेन्द्र चौकमा वीरेन्द्रनगर नगरपालिका र जिल्ला ट्राफिक कार्यालयबाट अनुमती लिएर कार्यक्रम गरेको बताउँदै उहाँले नगरपालिकाले अनुमती दिएको पत्र समेत कार्यक्रममा पेश गर्नुभएको थियो ।

कार्यक्रममा वीरेन्द्रनगर जेसिजका पूर्व अध्यक्ष भद्र भण्डारी काँक्रेविहार दैनिकका सम्पादक सुशिलराज शर्मा आआफ्नो भनाई राख्नुभएको थियो ।

सुर्खेत महिला जेसिज बर्ष १०१८ का अध्यक्ष जेसी कृति गुभाजु शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महसचिव सिया कार्की प्रधानले गर्नुभएको थियो ।