सबै माग पूरा नभएसम्म अनशन : डा. केसी


THE TRITNAसर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने र त्यसको लागि अदालतमा बोलाउने सूचना टाँस्न बानेश्वरस्थित उनकै घरमा गएको टोली त्यसै फर्केको छ।

२० दिनसम्म पनि उक्त निर्णयको औपचारिक सूचना लोकमानले छल्न खोजेपछि सर्वोच्चले घरमै टाँस्न तामेलदार शम्भु खत्रीसहितको टिमलाई पठाएको हो।

म्यादको पत्रमा, निर्णयको जानकारी दिँदै मुद्दाका दुबै पक्षलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको हुन्छ।

यस्तो सूचना गाविस वा वडाको प्रतिनिधिलाई साक्षी राखेर घरमा टाँस्नुपर्ने नियम छ।

बुधबार  म्याद तामेलको पत्र  लिएर  जाँदा वडा सचिव सरिता राई साक्षी सम्पर्कमै नआएपछि अदालतका कर्मचारी फर्किएका हुन्।

लोकमानको नियुक्तिविरुद्ध रिट हाल्ने अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च परिसरबाट सेतोपाटीलाई जानकारी दिए, ‘म्याद टाँस्न लोकमानको घर पुगेका कर्मचारी वडा कार्यालयका कर्मचारी साक्षी बस्नै नमानेपछि फर्किएर आएका छन्।’

तामेलदार खत्रीलाई उदृत गर्दै उनले भने, ‘सचिव हाम्रो  सम्पर्कमै आइनन्, वडाका अरु कर्मचारीले हामीलाई महानगर प्रमुखले तिमीहरु नजानू भन्नु भएको छ भन्छन्।’

लोकमानको नियुक्तिविरुद्धको मुद्दा फेरि हेर्ने निर्णय गरेको दुई-चार दिनमै सर्वोच्च प्रसासनले दुबै पक्षलाई म्याद तामेल गर्न (सूचना बुझाउन) आफ्नो तामेली शाखालाई भनेको थियो।

रिटका निवेदक अर्याल र विपक्षीहरु मन्त्रिपरिषद कार्यालयलगायत सबैले बुझे पनि लोकमानले भने अदालतको सूचना बुझेका थिएनन्।

यस्तो सूचना सकेसम्म व्यक्तिलाई बुझाउनु पर्ने, व्यक्ति नभेटिए उसको घरको मानिसलाई बुझाउन मिल्ने, उनीहरु पनि नभेटिए सबैले देख्नेगरी घर या डेराको ढोकामा टाँस गर्न मिल्छ। यसरी म्याद टाँस्दा वडा कार्यालयका सचिवको रोहवरमा टाँस्नुपर्छ। मुलुकी ऐन अदालती बन्दोबस्तको ११० नम्बरमा तामेली सम्बन्धि व्यवस्था छ।

अर्यालका अनुसार अदालतले अब राष्ट्रिय पत्रिकामा वा टेलिभिजनमा सूचना प्रसारण गरेर लोकमानलाई सूचना बुझाउन सक्ने छ।

यसरी सूचना जारी भए त्यसको ४५  दिनभित्र अदालतमा लोकमान आफैं वा वारेसमार्फत उपस्थित हुनुपर्ने छ।

साभारः सेतोपाटी अनलाइन