आबेशको ज्वारभाटा ! एक्लै भएपनी संसद अबरोध गर्ने चेतावनी


प्रकाश बम                                                जेठ ३१, काठमाण्डौ ।

संसद बैठकमा बोल्ने क्रममा सांसद मोहन बानियाँले ’’भनांै भने घरकै बुहारी, नभनौ भने भ्रष्टै पारी’’ भनेर आफ्नै सरकारको आलोचना गर्नु भयो । ’’मनाई भन्ने बनाएउ’’ भन्ने गितको टुक्का सुनाउँदै बानियाँले आफुलाई आफ्नै सरकार बिरुद्ध बोल्न सरकारले वाध्य बनाएको प्रस्ट पार्नु भयो ।

सरकार नभएको भान कर्णालीलाई भएको छ, सात दिन सम्म हिंडेर नुन खानु पर्ने कुरा स्पस्ट पार्दै अरु जिल्लामा धेरै बजेट र योजना गएको आफ्नो जिल्लामा जिरो पनि नगएकोमा सांसद बानियाँको आक्रोश छ ।

आफुलाई मुगू जिल्लामा फर्कन मुस्किल भएको छ ! रारा धर्तीको स्वर्ग भएको जिल्लामा दामासाईको दरले अरुलाई दिएको तर कर्णालीलाई नदिएको गुनासो गर्नु भयो । मुगुमा रङ्गशाला बनाउन माग गर्नु भयो । उहाँले संसदमा बोल्न अलीअली दिएको रकम फिर्ता लिन आग्रह गर्दै आफ्नो घाँटीमा त्यो रकम नझुन्ड्याउन पनि सरकारलाई आग्रह गर्नुभयो ।

मुगु जिल्ला बाट बिजय सांसद बानियाँले कर्णालीलाई सदियौं देखी सौतेनी व्यबहार गरि उत्पीडित पारीयो अझै पनि त्यही व्यबहार दोहोर्याइए एक्लै भए पनि संसद अबरोध गर्ने चेतावनी दिनु भयो