कोभिड १९ सेल्फ हेल्प समूहको निःशुल्क एम्बुलेन्स सेवा शुरु (भिडियो सहित)


२७ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रो चरणको महामारी तिब्रगतिमा फैलदै गर्दा मानिसको ज्यान अक्सिजन नपाएर छटपटाएर जाँदै गर्दाको अवस्थालाई मध्यनजर गर्दै कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘सुर्खेती कोभिड-१९ सेल्फ हेल्प समूह’ शुरु गरेको ‘अक्सिजन सिलिण्डर अभियानकालागि मेरो १ हजार’ अभियानले अक्सिजन सहितको चौविसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा शुरु गरिएको छ ।

समूहले नेपाल अर्वुद रोग निवारण संस्थाको समन्वयमा कोरोना भाइस (कोभिड–१९) संक्रमित बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरू हो । समूहले एम्बुलेन्स सहित १० वटा मेडिकल अक्सिजन सिलिण्डर प्रदेश आयुर्वेद औषधालयलाई हस्तान्तरण गरेको छ । समूहका संयोजक पत्रकार सुदिप पुरीले कोभिडका बिरामीलाई निःशुल्क सेवा दिने गरी प्रदेश औषधालयलाई एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुभयो ।

हामीले हाल प्रदेश औषधालयमा मार्फत निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेका छौ जस्को नेतृत्व औषधालयका डा. शंकर प्रसाद रिजालले गर्नुभएको छ । संयोजक पुरीले भन्नुभयो । हामी केहीदिन भित्र नयाँ एम्बुलेन्स खरिद गरी सेवा प्रकृयामा छौं ।

औषधालयले हाल १५ वेडको आइसोलेसन सञ्चालनमा ल्याएको औषधालय प्रमुख डा. शंकर प्रसाद रिजालले बताउनुभयो । उहाँले भन्नुभयो ”सुर्खेती कोभिड-१९ सेल्फ हेल्प समूह”को सहयोगले निःशुल्क एम्बुलेन्स सेवा शुरु गर्न पाउँदा निक्कै खुशी लागेको छ । मैले सोचेको भन्दा पनि ठूलो सहयोग यो समूले गरेको मा आभार प्रकट गर्दछु ।

समूहले शुरु गरेको ‘अक्सिजन सिलिण्डर अभियानकालागि मेरो १ हजार’मा अहिले सम्म करिब ६ लाख रुपैया संकलन भैसकेको समूहका सदस्य मिलन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो यो अभियानमा अझैै पनि सहयोग आउने क्रम जारी नै ।’ हाम्रो यो अभियानमा पत्रकार सुदिप पुरीको नेतृत्वमा धर्मराज आचार्य र खगेन पुरी र पत्रकार प्रवाश कुमार शाक्य पनि आवद्ध हुनुहुन्छ ।

 एम्बुलेन्स सेवा लिनका ०८३–५२०३९९, ९८४८१०६३०३ र ९८६८९०६००० मा सम्पर्क गर्न सकिने छ ।

https://www.youtube.com/watch?v=18DyRwBhdy8&t=4s