
जेठ ३१, सुर्खेत ।
कर्णाली प्रदेश सरकारको आज सम्पन्न मन्त्रीपरिषद वैठक बिभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
बैठकले जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका केन्द्र परिवर्तन गरि लुहादह कायम गर्नेवारे आएको प्रस्ताव मन्त्रीपरिषदको राजनैतिक समितिमा पठाउने, कर्णाली प्रदेश वातावरण संरक्षण सम्वन्धी विधेयक ०७५ को मस्यौदा प्रदेश सभामा पेश गर्न उद्योग, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।
यसैगरी बैठकले कर्णाली प्रदेश प्रहरी सम्वन्धि विधेयक २०७५को मस्यौदा तर्जूमाका लागि आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने, कर्णाली प्रदेश आर्थिक विधेयक ०७५ प्रदेश सभामा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति दिने, कर्णाली प्रदेश ऋण उठाउने सम्वन्धि विधेयक ०७५ प्रदेश सभामा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने र कर्णाली प्रदेश विनियोजन विधेयक ०७५ प्रदेश सभामा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।



Milan Shrestha । १ असार २०७५, शुक्रबार ०३:१३ बजे