सुर्खेत होराइजनको परिक्षा स्थगित


७ चैत्र, सुर्खेत । संसारलाई नै आतंकित पार्दै फैलिरहेको कोरोना भाइरस कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै तथा नेपाल सरकारको निर्णयलाई आत्मसाथ गर्दै सुर्खेत होराइजन ऐकेडेमी सुर्खेतले सञ्चालन गरिरहेको परिक्षा अर्को सूचना जारी नहुञ्जेल सम्मकालागि स्थगित गरेको जनाएको छ ।

विद्यालयमा परिक्षा संचालन भैरहेपनि हामीले कोरोना महामारी तथा नेपाल सरकारको निर्णयलाई आत्मसाथ गर्दै आजदेखि विद्यालयमा चलिरहेको परिक्षा अर्को सूचना जारी नहुञ्जेलकालागि सम्पूर्ण परिक्षा एवं पठनपाठन स्थगित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विनु सि भास्करले बताउनुभयो ।

यसबाट विद्यार्थीहरुमा पर्न गएको असुविधाप्रती हामी क्षमाप्रार्थी छौ । भास्करले भन्नुभयो ।