एन्टोजद्वारा कर्णाली प्रदेशका पर्यटन मन्त्री बुढा सम्मानित


६ भाद्र, काठ्माण्डौं । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज सम्मानित हुनुभएको छ ।

मन्त्री बुढालाई नेपाल पर्यटन पत्रकार संघ केन्द्रिय सचिवालयको समन्वयमा एन्टोज काठमाण्डौ शाखाले एक कार्यक्रमको आयोजना गरि आज काठमाण्डौंमा सम्मान गरेको हो ।

कर्णाली प्रदेशका मन्त्री बुढा संग एन्टोजले गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटाेफ) का अध्यक्ष धुर्व सिम्खडालाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा कर्णाली प्रदेशका मन्त्री बुढाले कर्णाली प्रदेशले पर्यटन क्षेत्रको सम्भाव्यताको अध्ययन गरि पर्यटन पत्रकारलाई आफ्ना गतिविधी दिने बताउँदै संघिय सरकारले सन् २०२० लाई पर्यटन बर्ष मनाउनेमा प्रदेश सरकारले पर्यटन पत्रकार संघलाई मुख्य भूमिका दिने उल्लेख गर्नुभयो । 

कार्यक्रममा गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटाेफ) का अध्यक्ष धुर्व सिम्खडाले कर्णाली प्रदेशमा ठूला स्तरका हाेटल भन्दा साना लगानीमा हाेमस्टे चलाउनु पर्ने बताउँदै भिटोफले छिट्टै नै कर्णाली प्रदेशमा पर्यटन प्रवर्धनका लागि शाखा विस्तार गर्ने बताउनुभयाे ।

तस्तै नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) का केन्द्रिय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार) ले पर्यटन प्रवर्धनमा एन्टोजले मूख्य भूमिका खेल्दै पर्यटन प्रवर्धनमा देशविदेशमा शाखा विस्तार गरेकाे तथा बाँकी रहेका ठाउँमा शाखा विस्तार गरी पर्यटन प्रवर्धनमा सरकारलाइ सघाउने बताउनु भयाे ।