
२७ साउन, सुर्खेत । अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुनचाँदी व्यावसायीहरुको संस्था वीरेन्द्रनगर सुनचाँदी व्यावसायी संघ सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले मानव जीवनको सबैभन्दा सर्वोत्तम कार्य रक्तदान रहेकोले यस्तो कार्यक्रमहरुको आयोजना भैरहनु पर्ने बताउनुभयो । त्यस्तै कार्यक्रमका सभापति वीरेन्द्रनगर सुनचाँदी व्यावसायी संघ सुर्खेतका सभापति दिनेश घिमिरेले मानवजीवन बचाउन तथा यूवाहरुमा रक्तदान गर्ने भावना जगाउनकालागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “व्यावसायीहरुले केवल व्यावसाय मात्र नभएर सामाजिक सेवामा दत्तचित्त भएर लाग्नुपर्छ त्यसैको उदाहरण स्वरुप रक्तदान कार्यक्रमको आयोजना गरेका हौं यो काममा हामीलाई समन्वय गरिदिने नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत, नेपाल रेडक्रस सोसाइटी तथा सुर्खेत लायन्स क्लव र टिकावली स्टोरलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।”
कार्यक्रमा कर्णाली प्रदेशको राजधानीमा रहेर मानवजीवनको सर्वोत्तम कार्य रक्तदानमा सरिक भै प्रदेशमा नै सर्वाधिक रक्तदान (७९ पटक) गर्ने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष प्रवाशकुमार शाक्यलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा १९ पिन्ट रगत संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रका ईन्चार्ज देपेन्द्र केसीले जानकारी दिनुभयो ।
News Desk । २७ श्रावण २०८०, शनिबार १३:२८ बजे