
सुर्खेत,०७ असार । गत बैशाख ४ गते मृत्यु भएकी वीरेन्द्रनगर ९ सत्यकाँडा(बुलबुले) की ४५ बर्षिय लक्ष्मी थापाको मृत्यू घट्नाको विवरण प्रहरीले बिहीबार(आज) सार्वजनिक गरेको छ । पोष्टमाटम रिर्पोट सबै भन्दा ठूलो प्रमाण भएको भन्दै मृतक थापाको हत्या विष सेवन गरी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
बिहीबार(आज) पत्रकार सम्मेलन गर्दे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा घटनाको अनुसन्धानको क्रममा रहेको विवरण प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले मृतक लक्ष्मी थापाका दाई मीन बहादुर वि.सिले बुधबार विरेन्द्रनगरमा प्रहरीले घटनाको वास्तविकता लुकाएको आरोप लगाउदै पत्रकार सम्मेलन गरेका थिए ।
मृतक थापाका दाई मीनबहादुर वि.सीका अनुशार आफ्नो बिहिनीको हत्या उसको आफ्नै श्रीमान भिमबहादुर थापाले गरेको आरोप लगाएका हुन ।
वि.सीका अनुशार आफ्नो बहिनीले ३ गते सांझ आफु संग कुरा गरेर सकुशलै घर गएको र घटनाको दिन बैशाख ४ गते बिष सेवन गरी मरेको भनीएता पनि लाशको प्रकृति हेर्दा उक्त घटना बिष सेवन नगरी हत्या भएको दाबि समेत गरेका थिए ।
तर प्रहरीले उक्त आरोप साचो नभएको हुदा वास्तविकता बाहिर ल्याउन विवरण सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिनुभयो ।
साथै प्रहरीले घटना स्थलमा भेटीएको मृतको फोटो र पोष्टमार्टम रिर्पोट पनि सार्वजनिक गरेको छ । पोष्टमार्टमा विष सेवन गरी मृत्यु भएको रिर्पोट समेत प्रहरीले सार्वजनिक गरेको छ । साथै प्रहरीले घटना विषयमा कोही कसैसंग अरु तथ्य भएमा त्यसका लागी सहयोग गर्न पनि आग्रह गरेको छ ।



Milan Shrestha । ७ असार २०७५, बिहीबार १४:३५ बजे