विश्व नेपाली साहित्य महासघँ नेपाल शाखाले आफ्नो पाँचौं अधिवेशन सम्पन्न


पवन जायसवाल

नेपालगन्ज (बाँके)  विश्व नेपाली साहित्य महासघँ नेपाल शाखाले आफ्नो पाँचौं अधिवेशन सम्पन्न गरेको छ । विश्व नेपाली साहित्य महासँघ नेपाल शाखाद्वारा आयोजित उक्त कार्यक्रमको दोस्रो चरणमा कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा रहेको कार्यसमिति विगठन गरी नयाँ कार्यसमिति चयन गरिएको थियो ।

प्राध्यापक डा.घनश्याम न्यौपाने परिश्रमीको अध्यक्षतामा विश्व नेपाली साहित्य महासँघ केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी र महासचिव सुनिता राई कन्दङ्वा रहने गरी निर्माण गरिएको अध्यक्ष मण्डलले २७ सदस्यीय नेपाल शाखाको घोषणा गरेको थियो ।

साहित्यकार मणिराज सिंहको अध्यक्षतामा रहेको उक्त कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटा, उपाध्यक्ष रबिन्द्र आशिष, उपाध्यक्ष उषा आचार्य, महासचिव अन्चु सुबेदी, सचिव लेकप्रसाद प्याकुरेल, सहसचिव सुनिता अधिकारी, सन्चार सचिव कृष्ण बहादुर के.सी., कोषाध्यक्ष  द्वारिका कुइँकेल, सह कोषाध्यक्ष  जॉयस जया र सदस्यहरूमा  डा. देवी पन्थी, मणिराज दहाल, तोयनाथ सुवेदी, प्रकाश अधिकारी, सुरेश कुमार पाण्डे, चन्द्र रावत गुराँस, बाबुराम आचार्य, ढुण्डीराज ढकाल, बोधकुमार धिमिरे, राजेश्वरी काफ्ले, प्रेम थापा, हरिप्रिया रिजाल, प्रेम ओली ढकलपुरे, भुवन सिवाकोटी चौघरे, इन्दिरा चापागाई, हारित रेग्मी, नीला  घिमिरे रहनु भएकोछ ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको ११२ औ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, विश्व नेपाली साहित्य महासँघ नेपाल शाखाका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी लगायतले सम्बोधन गर्नुभएको थियो भने सोही कार्यक्रमका प्रमुख अतिथि भानुभक्त आचार्यका वंशज प्राध्यापक विधान आचार्यले भानुभक्त आचार्यको जीवनी व्यक्तित्व कृतित्व र भानुभक्त आचार्यलाई चिनाउनका लागि मोतीराम भट्टले गरेका सकारात्मक प्रयासहरूका बारेमा सार्गर्भित विचार राख्नुभएको थियो ।

विश्व नेपाली साहित्य महासँघ नेपाल शाखाको वर्तमान कार्यसमितिका सचिव लेकप्रसाद प्याकुरेलद्वारा सञ्चालित एवं डा.घनश्याम न्यौपाने परिश्रमी तथा साहित्यकार पद्मा रिजालद्वारा भानुभक्त विशेष रचना वाचन गरिएको उक्त कार्यक्रममा विभिन्न देशहरूबाट उपस्थित चार दर्जन बढी नेपाली भाषा साहित्यका सेवीहरूलाई साहित्यकार कृष्ण केसीले स्वागत गर्नुभएको थियो ।