कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त


२७ पुस, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त हुनुभएको छ । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

शर्माले मुख्यमन्त्रीकोलागि आफ्नो पार्टीको १३, नेकपा एमालेको १० नेकपा एकिकृत समाजवादीको र राप्रपाबाट १/१ जना सदस्यको समर्थन पेश गर्नुभएको थियो । कर्णाली प्रदेशमा बहुमतकालागि २१ सिटको आवश्यक पर्छ ।

प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई/दुई वर्ष गर्ने सहमति भएको छ ।