नवनिर्वाचित वडाअध्यक्ष रावलद्वारा पदभार ग्रहण



११ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नः६ का नवनिर्वाचित वडा अध्यक्ष जनक बहादुर रावलले आज पदभार ग्रहण गर्नुभएको छ ।

नवनिर्वाचित अध्यक्ष रावल सँगै दलित महिला सदस्य कमला नेपाली महिला सदस्य मिरा पन्त सदस्यद्धय कृष्ण श्रेष्ठ र दुर्गा प्रसाद सापकोटाले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै अध्यक्ष रावलले आफु निर्वाचित भैसकेपछि अब कुनै एउटा पार्टीको नभै साझा जनप्रतिनिधी भएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीबाट वडामा दलिय व्यवहार हुनेछैन् सबै वडाबासीलाई समेट्ने जिम्मेवारी आएको छ । निर्वतमान वडा अध्यक्ष ज्यूले ५ बर्षमा कामको धेरै अनुभव संगाल्नु भएको छ त्यसैले उहाँको साथ र समर्थन पनि आवश्यक छ । म आफ्नो यो ५ बर्षे कार्यकाल विवादरहित बनाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

नवनिर्वाचित अध्यक्ष रावलले स्थानिय निर्वाचमा जनताबाट प्राप्त गरेको संकल्प वाचा पत्र अनुशार आफु र आफ्नो टिमले कार्य गर्ने बताउनु भयो । रावले सिंगो वडावासीहरुको हितका सधै लागी पर्नेमा जोड दिनु भयो ।