
१८ पौष, सुर्खेत । विदेशी भूमी अमेरिकाको भर्जिनिया बसेर सुर्खेत लगाएत विभिन्न जिल्लाहरुमा समाजिक सेवा अग्रसर जयन्ती थापाले आज दृष्टिविहिन हेरविचार केन्द्रलाई पुनः रु २५००० रकम सहयोग गर्नुभएको छ ।
थापाले आफ्ना बुवा धर्मजंग थापा मार्फत सहयोग रकम हेरविचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।
दोश्रो पटकको सहयोगकालागि करुणामनकी धनी जयन्ती थापाको कार्यको प्रशंसा गर्दै केन्द्रका अध्यक्ष शाक्यले यो सहयोग रकमले अपाङ्ग उत्थान केन्द्र राकम सिम्ता सुर्खेत मार्फत राकम मै रहेको बागेश्वरी माध्यमिक विद्यालयको रहेको दृष्टिविहिन विद्यार्थीहरुको छात्रावासमा सुत्नकालागि खाट र सिरक डसनाहरु खरिद गरिने बताउनुभयो ।
“हामीले समाजसेवी थापाले अगाडी गर्नुभएको रकमले जुम्लामा रहेका दृष्टिविहिन विद्यार्थीहरुलाई आवश्यक सामाग्री खरिद गरेका थियौ” अध्यक्ष शाक्यले भन्नुभयो ।
समाजसेवी थापाले यसअघि लेकवेशीमा रहेको एक विद्यालयका ५० विद्यार्थीलाई स्वीटर प्रदान गर्नुभएको थियो । त्यस्तै बाजुरामा निर्माणाधिन अनाथ बालगृहलाई सहयोग गर्नुभएको थियो ।




Milan Shrestha । १८ पुष २०७५, बुधबार १८:५५ बजे