प्रदेश विपद कोषमा कुमारी बै‌कले १० लाख जम्मा गर्यो


१९ चैत्र, सुर्खेत । विश्वभरी नै आतंककारीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीको रोकथाम तथा नियन्त्रणकालागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा आज १० लाख रुपैया जम्मा भएको छ ।
कुमारी बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सातै प्रदेशलाई रु १०/१० लाख राहत दिइने निर्णय अनुरुप आज कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद व्यवस्थापन कोष १० लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।
कुमारी बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयका प्रमुख हिमाल प्रसाद मुड्भरीले रु १० लाख रुपैयाको चेक कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको रोहवरमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गर्नुभयो ।
त्यस्तै विपद कोषमा राष्ट्रिय अपाङ्ग महासंघ, कर्णाली प्रदेशले रु ५१ हजार १ सय ५१ रुपैयाँ  को चेक हस्तान्तरण गरेको अपाङ्ग महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले बताउनुभयो ।