काठमाडौं । समूह चरणको अन्तिम खेलमा पोल्याण्डले जापानलाई हराएको छ । तर, कोलम्बियाले सेनेगललाई हराएका कारण एसियाली देश विश्वकपको नकआउट चरणमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा पोल्याण्डले जापानलाई हराएको छ । तर, कोलम्बियाले सेनेगललाई हरायो र दुई पहेँलो कार्ड कम खाएका कारण जापानको भाग्य चम्किएको छ
समूह एचमा रहेको जापानलाई सहज रुपमा अघिल्लो चरण पुग्न पोल्याण्डसँग कम्तिमा बराबरी चाहिएको थियो । तर, ५९ औं मिनेटमा बेडनारेककेा गोलको मदतमा पोल्याण्ड १-० ले विजयी भयो ।
अर्को खेलमा कोलम्बियाले सेनेगललाई पनि समान १-० गोल अन्तरले नै हरायो । उसको जितमा यारी मिनाले ७४ औं मिनेटमा गोल गरे ।
जितसँगै कोलम्बिया तीन खेलबाट ६ अंकसहित समूह एचको विजेता बनेको छ ।
जापान र सेनेगलको समान ४/४ अंक भयो । गोल डिफसेन्स पनि समान भएका कारण कार्डका आधारमा अघिल्लो चरण जाने टोली छनोट भयो । जापानले चार वटा मात्र पहेँलो कार्ड पाएको थियो भने सेनेगलले ६ वटा पाएको रहेछ ।
त्यही २ वटा बढी पहेँलो कार्ड उसका लागि विश्वकपको यात्रामा बाधक बन्यो ।
साभारः अनलाईन ।
Milan Shrestha । १४ असार २०७५, बिहीबार १६:०४ बजे