कार्यविधि पास गर्दै ६ नं. प्रदेश पहिलो अधिवेशन सम्पन्न


राजसंस्था र हिन्दु राष्ट्र हुनु पर्ने राप्रपाको जिकिर

कृष्णराज धमाला, सुर्खेत

२१ माघ । सुर्खेत । प्रदेश नं. ६को पहिलो बैठक आज अस्थायी सदरमुकाम सुर्खेतमा सम्पन्न भएको छ ।

बैठकमा राष्टिय प्रजातन्त्र पार्टी प्रदेश नं. ६ संसदिय दलका नेता शोसीला शाहीले राजसंस्था र हिन्दु राष्ट नेपालमा आवश्यक भएको जिकिर गरिन । प्रदेश नं. ६ को पहिलो अधिवेसनलाई सम्बोधन गर्दै सभासद शाहीले नेपालको संबिधानले मूलुक धर्म निरपेक्ष बनाई संघिय गणतन्त्रमा प्रवेश गरेपनि नागरीकहरुको मनबाट राजसंस्था र हिन्दु राष्ट्र नमेटिएको बताइन ।

त्यस्तै नेकपा एमालेका सभासद यामलाल कडेलले भौगोलीक बिकटतालाई सुन्दरतामा परिवर्त गर्ने अभिभारा आफूहरुमा आएकोले त्यसको सँधै ख्याल गरी कार्य गर्नु पर्ने बताए । उनले दलगत फाइदाका लागि भन्दा पनि प्रदेशको हितका लागि सबै सभासदहरु लाग्न आबस्यक भएकोमा जोड दिए ।

नेकपा माओवादी केन्द्रका सभासद महेन्द्रबहादुर शाहीले नागरीकलेे गरेको त्यागलाई नविर्सी ४० जना सभासदले एउटै दल सम्झेर प्रदेशको विकासमा लाग्न आग्रह गरे । गरीब र पछौटे भनि चिनिएको ६ नं. प्रदेशलाई समृद्ध बनाउने धेरै अबसर भएकाले सहकार्यमा साझा विकासे अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

प्रदेश सभा जेष्ठ सदस्य हिक्मतबहादुर शाहीले सभामुखको हैसियतले सञ्चालन गरेको सभामा बोल्दै नेपाली कांग्रेसका सभासद जीवनबहादुर शाहीले सरकारले गर्ने राम्रा काममा आफूहरुको सधै सहयोग रहने भन्दै समृद्ध प्रदेश निर्माण गर्न साझा सहमति हुनुपर्नेमा जोड दिए ।

प्रथम अधिवेशनमा सभामुखले प्रस्तुत् गरेको प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यबिधि २०७४ बहुमतले पास भएको छ । कार्यबिधिको दफा ६ बमोजिम माघ २९ गते १ बजे सभामुख पदका लागि निर्वाचन हुने मिति तोकी सोही दिन सम्मका लागि पहिलो बैठक सकिएको संसद सचिवालयले जनाएको छ ।