१५,असार(छिन्चु) बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतले जिल्लाको छिन्चुमा संचालन गरेको १ दिने बार्षिक केन्द्र प्रमुख गोष्ठी आज सम्पन्न भएको छ । संस्थाको केन्द्रिय कार्यालयले आयोजनामा गरेको कार्यक्रममा सेवा केन्द्र छिन्चु अन्तरगतका ७० वटा केन्द्रका प्रमुख, उप प्रमुख तथा सदस्यहरुको सहभागीता रहेको थियो ।
केन्द्रका प्रमुखहरुलाई वित्तिय साक्षरता र संस्थाको निति नियम तथा प्रमुखको काम, कर्तब्य तथा जिम्मेवारी विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको तालिमका मुख्य प्रशिक्षक एवंम संस्थाका वरिष्ठ प्रबन्धक विशाल के.सीले बताउनु भयो ।
कार्यक्रममा भेरीगंगा न.पा-१२ का वडा अध्यक्ष हरिप्रसाद कँडेलले प्रत्येक सदस्य संस्थाको मालिक भएका कारण संस्थालाई कस्तो बनाउने हो भन्ने जिम्मा पनि सदस्यहरुको भएकाले त्यो जिम्मा इमान्दारी पुर्वक पुरा गर्न सम्पुर्णलाई आग्रह गर्दै कँडेलले आफु पनि यस संस्थाको शेयर सदस्य भएकाले महिला दिदि बहिनीहरुलाई आवश्यक्ता हेरेर मात्र कर्जाको उपयोग गर्न सल्लाह दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र चन्दले सेवा केन्द्र स्थापना हुँदा बौद्ध ग्रामिण प्रतिको समाजको दुष्टिकोण र आजको बौद्ध ग्रामिण प्रतिको समाजको सोचाइ बुझाइमा धेरै सकारात्मक परिवर्तन भएको बताउँदै प्रमुख चन्दले भेरीगंगाका सम्पुर्ण दिदि बहिनीको जिवनस्तर सुधार र आय आर्जनका कार्यक्रममा आफनो निकायबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमका सभापती संस्थाका सचिव पासाङ्ग महत्तराले संस्थाले दिने सेवा सुविधामा दैनिक रुपमा सुधार गर्दै गईरहेको र सदस्यहरुलाई थप गुणस्तरीय वित्तिय सुविधा उपलब्ध गराउदै सदस्यहरुको उज्जवल भविष्य निमार्णका लागि सदैव लागि पर्ने प्रतिबद्धता जनाउदै चर्को ब्याजको प्रलोभनमा कर्जाको दुरुपयोग नर्गन अनुरोध पनि गर्नु भयो ।



Prawash Kumar Shakya । १५ असार २०७५, शुक्रबार ११:४६ बजे