चन्द्राले भनिन्-तिहार अाउँछ, रुवाउँछ र जान्छ


नरजन तामाङ
१५,कात्तिक सुर्खेत ।
वीरेन्द्रनगरमा तिहारको रमझम छ । देउसी भैली खेलिरहेका छन् । फुलको व्यपार पनि भइरहेको छ । नयाँ लुगामा सजिएर आफन्त कहाँ जाने र आउने क्रम पनि बाक्लै छ । बजारमा नयाँ परिकारको किनबेच बढेको छ ।
तर, खजुराकी ६५ वर्षीय चन्द्रा नेपालीलाई तिहारको रमझमले होइन पीडाले छोएको छ । उनी आफ्नो वरिपरीको वातावरणलाई हेरेर रुँदै बसेकी छन् । नयाँ खाने(लगाउने त परको कुरा एक छाक पेटभरी खान र सँगै बस्ने रहर पूरा भएको छैन । चन्द्रका श्रीमानको निधन भएको झण्डै १७ वर्ष पुग्यो । चन्द्रा नेपाली विगत १७ वर्षदेखि न उनलाई दशैं आयो न तिहार ।
चन्द्रालाई वर्षभरी कमजोर हुने गरी रुँवाएर दशैं(तिहार जाने र जाने गरेका छन् । उनी एक्लै बस्दै आएकी छन् । उनको साहारा भने कोही छैन । उनी न घर न घाटकी भएकी छन् । उनको चुलोमा महिनामा केही दिनमात्र आगो बल्छ ।
सरकारले बृद्धाभत्ता र एकल महिला भत्ताबारे उनलाई जानकारी पनि छैन । उनलाई साझ विहानको चिन्ताले अरु केही सोच्न पाएकी छैनन् । पतिसँगको बसाइलाई सम्झदै चन्द्राले मर्न नसकेकोले नै रुएर दिन काटिरहेको बताउँछन् । उनी भारतमा २० वर्षसम्म भारतमा श्रीमानसँगै बसेकी थिइन । श्रीमानको निधनपछि चन्द्रा नेपाली श्रीमानको मृत्युपछि एक्लै जीवन बिताउन बाध्य छन् ।
रोजगारीको क्रममै श्रीमानको भारतमा नै मृत्यु भएको थियो । कहिले उनि छिमेकीको घरमा बास बसिन् तकहिले दैलेखमा बिवाह भएको छोरीको घरमा बस्थिन् । थोरै समयमात्र आफ्नो घरमा बसेको उनले बताइन् । अहिले भने नेपालीलाई निकै गाह्रो महसुस भएको छ ।
पाल्नु पर्ने कोही नभएपनि चाड–पर्व आउँदा नेपालीलाई पनि चिन्ता लाग्ने गरेको छ । जेनतेन नुन तेल चलाए पनि तिहारको बेला गाह्रो नै भएको उनले बताएकी छन् । नेपालीले आफ्नो मनका दुःख पोक्दै आँखाभरी आँसु निकाल्दै भनिन्– ‘हामीजस्ता दुखारीलाई केको दशै–तिहार यस्ता चाडपर्व आएमा साहै्र मन रुन्छ ।’ ‘हुने खानेहरु रमाईलो गर्छन्, मिठामिठा खान्छन्, सबै आफन्तहरु बसेर रमाइलो गर्छन् मेरो त केही छैन, कोहि छैन’ चन्द्राले भनिन्
आँखाको समस्याले च्याप्दै लगेको छ चन्द्रालाई । केही दिनसम्म अरुको घरमा बसेर गुजरा गरेकी चन्द्राले केही वर्षदेखि आफै डोकोमा सामान बचेर गुजरा गर्दै आएकी छन् । सुरुमा दुई सयबाट सुरु गरेको अनलाइन डबलीसँग बताइन ।
सुर्खेतको वीरेन्द्रनगर स्थानीय खुलामञ्चको घण्टाघरमा डोकामा बदाम, सुर्ती, पुकार, चुरोट, चाउचाउ दिनभरीको घाम–पानीमा बसेर चन्द्राले बेचेर गुजरा गर्दै आएकी छन् । उनले आफूलाई धेरै दशैं तिहार जस्ता चाड आफूलाई रुँवाउन आउने गरेको बताइन । ‘दशैं तिहारले अरुलाई रमाइलो गर्न आउछन् भने मलाई रुँवाउन आउछन्’ उनले भनिन् ।
चन्द्रले दिनमा एक सय रुपैयाँ सामान बिक्री हुने भएपनि धेरै दिन दिनभरी घाम–पानीमा बसेर खाली हात घर जाने गरेको बताइन् । चन्द्रालाई आफ्नै घरमा बस्ने मन छ, तर एक्लै बस्न गाह्रो हुने भएकाले देवरका छोरा–बुहारीले साथमा राख्लान भन्ने आशा थियो तर नराम्रो व्यवहार गरेपछि आफू अलग बस्ने थालेको चन्द्रले बताइन् ।
उमेरले धेरै नभएपनि सोक र रोगले उनी निकै कमजोर भइसकेकी छन् । एउटा छोरा दुई वर्षमै बितेको र अर्को छोरा चार वर्षको उमेर बितेको थिए ।chandra-nepali-1-358x300