३१ जेठ सुर्खेत । आज साँझ नेपाल बिद्यार्थी संघ सुर्खेतले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरोध कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा निकालेको बिरोध र्यालिमा पुलिसको दमनमा नेबि संघका केन्द्रिय सदस्य अनिल शाही गम्भीर घाइते भएका छन् भने गौतम विसीको हात भाँचिएको छ त्यस्तै मिलन विसी र जयन बुढा पनि घाइते भएका छन्।
र्रयालीमा केन्द्रिय सदस्य हरि शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
घाइते शाहीको स्थानीय माया नर्सिङ होममा उपचार भैरहेकोछ । यसअघी पनी शाही दिनँहु जसो हुने बिरोध र्यालिमा गिरफ्तार हुदै छुट्दै गरेका थिए ।



Milan Shrestha । ३१ जेष्ठ २०७५, बिहीबार १४:३६ बजे