बैसाख १७, सुर्खेत ।
अखिल नेपाल ट्रेड यूनियन महासंघ कर्णाली प्रदेशको पहिलो अदिवेसन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ । सम्पन्न अदिवेसनले ललित घर्तीको अध्यक्षतामा ४५ सदस्यिय प्रदेश कमिटिको चयन गरेको हो ।
महासंघ प्रदेश इन्चार्ज धनबहादुर रोकायाको प्रमूख आतिथ्यता, माओवादी केन्द्र कर्णाली प्रदेश संयोजक मायाप्रसाद शर्माको बिशेष आतिथ्यतामा सम्पन्न अदिवेसनले उपाध्यक्ष डिआर ढकाल र हिमाल मल्ल, सचिवमा दिपक चदँरा, कोषाध्यक्षमा गीताकुमारी वलीथापा लगायत ४५ सदस्यीय समितिको चयन गरेको हो ।



Milan Shrestha । १७ बैशाख २०७५, सोमबार १३:५१ बजे