लाटीकोईलीको शीव मन्दिरमा शिव महापुराण सहित श्रावण मेला लगाइँदै (फोटो फिचर सहित)


सुर्खेत, २३ असार । सुर्खेत जिल्लाकै प्राचिन महत्व बोकेको चर्चित, धार्मिक एवंम् ऐतिहासिक स्थल शीव मन्दिरमा आगामी साउन महिनामा शीव महा–महोत्सव एवम् श्रावण मेला लगाउने तयारी अन्तिम चरणमा पुगेको छ । वीरेन्द्रनगर नगरपालिका–९ स्थित लाटीकोईलीमा रहेको शीव मन्दिरमा मेलाको आयोजना गरिन लागिएको हो ।

आगामी साउन ७ गतेदेखि १७ गतेसम्म सो मेला सञ्चालन गरिनेछ । शनिबार लाटीकोलीस्थित शीव मन्दिरमा आयोजना गरिएको शीव महा–महोत्सवको उद्घाटन समेत गरिएको छ । कार्यक्रममा बोल्दै आयोजक मुल समितिका अध्यक्ष ध्रबकुमार श्रेष्ठले ११ दिनसम्म मेला सञ्चालन हुने जानकारी दिए । उनले महापुराणको जिम्मेवारी फरक भएपनि उदेश्य सबैको एउटै रहेको औल्याए ।


वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले शीव मन्दिरमा रहेको किम्बदन्ती महत्वहरुलाई प्रचार गर्न नसक्नु आफूहरुको कमजोरी भएको स्वीकार गरे । उनले वीरेन्द्रनगरकै चर्चित शीव मन्दिरको प्रचार प्रसारमा नगरपालिकाले सक्दो सहयोग गर्ने बचन दिए । नेपाली कांग्रेसका पार्टी सभापति कमलराज रेग्मीले महापुराणमा संकलन भएको रकमबाट गुरु योजना बनाएर अगाडि बढे भावी पुस्ताहरुले पनि यस मन्दिरको निमार्ण कार्यमा निरन्तरता दिने विश्वास व्यक्त गरे ।
वडा नम्बर ९ का अध्यक्ष सुरेश मानन्धरले महामहोत्सवबाट करिब १ करोड रुपैया संकलन गर्ने लक्ष्य लिएको जानकारी दिए । शीव मन्दिरमा शीवरात्री र श्रावण महिनामा पर्ने सोमबारका दिन मेला लाग्दै आएको छ ।

शीव मन्दिरको उत्पति

आयोजक मुल समितिका अध्यक्ष ध्रबकुमार श्रेष्ठका अनुशार, सुर्खेत उपत्यकाको बिच भागमा उक्सीएको मुखण्डको पश्चिम छेउमा खोर्के र ईत्राम खोलाको दोभाननिर अवस्थित छ । तासिएको ढुङ्गाबाट निर्मित ऐतिहासिक, पुरातात्विक, धार्मिक एवंम् पर्यटकिय महत्व राख्ने लाटीकोईलीस्थित शीव मन्दिरको शिला लेखमा उल्लेख भए अनुसार यो सन् १५८२, सामे १५०४ श्रीसम्बत् १६३९ सालमा स्थापना भएको हो । राजा प्रताप शाही र मान शाहीको राज्यकालमा नाथ सम्प्रदायका लंगन नाथका चेला आत्मनाथ भर्म योगी पुरुषले निर्माण गरेको मन्दिर वारणसीका रामकृष्णले स्थापना गराएको जनविश्वास छ । मन्दिरको अगाडी लामा–लामा ढुङ्गा गाडेर बनाएको अग्नि मुण्ड छ । जहा पानी नपर्दा कुण्ड होम गरेमा पानी पर्छ भन्ने जनविश्वास छ । तर मन्दिरको वरिपरि ठुला–ठुला वेलका रुखहरुको शोभाएमा शितलता पाउन सकिन्छ भन्ने जनश्रुती छ । तर उपत्यकामा औलो उन्मुलनका भएपछि स्थायी रुपमा बसोवास भएपछि मन्दिरको वेवस्था गरिएपछि मन्दिर संरक्षण ओझेलमा परेको थियो ।

आयोजका अनुशार शिव महापुराण,श्रावण मेलाका साथै धार्मिक शिव महोसत्व २०७५ का मुख्य वाचकका रुपमा संकल्पकर्ता श्री गोविन्द शरणज्यू महाराज रहनु हुनेछ ।