असार २४, सुर्खेत ।
कालीकोटमा भिरबाट लडेर एक स्थानिय यूवतिको निधन भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका–१ कोटवाडाको अँधेरिखोला भिरबाट खसेर सोही ठाँउकी २० वर्षीया रमिता विष्टकोे निधन भएको हो ।
कोटवाडा विमानस्थल नजिकैको भिरमा घाँस काट्न गएको बेला भिरबाट करिब ७ सय मिटर तल खसेर उनको मृत अवस्थामा लास भेटिएको मृतकका आफन्त बिमला कठाएतले जानकारी दिनुभएको छ ।
मृतको लास क्षेतबिक्षेत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।



Milan Shrestha । २४ असार २०७५, आईतवार ०२:५७ बजे