मिलन श्रेष्ठ
सुर्खेत, १२ कात्तिक ।
तिहारको विशेष कोशेली देउसी भैलो ‘यसै घरको आँगनीमा’ भिडियो सार्वजनिक गरिएको छ । सुर्खेतका स्थानीय कालाकारहरुले गायन, अभिनय गरेको देउसीभैलो विशेष भिडियो सार्वजनिक गरिएको छ । काँक्रेविहार मुभि हाउस सुर्खेतले तयार गरेको भिडियो शुक्रबार सामाजिक सञ्जाल युटूव मार्फत सार्वजनिक गरिएको हो ।
लय तथा शव्द किरण किशोर पन्त, कवि गिरी र सपना गाहाको स्वर रहेको छ । भिडियोमा सन्तोष कुमार सुनार, गिताञ्जली पुरी, विमल पन्त, सुहेसा शाही, रेशम नेपाली, सुनिता थापा, ज्ञानु योगी, देवी राना, किरण लाम्मगादे, गणेश सदा शंकर लगायतले अभियन गरेका छन् । निर्देशक गोपाल बोहरा र भिडियोको छायाङ्कन तथा सम्पादन बलभद्र वौडेलले गरेका थिए । स्थानीय कला संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने उद्देश्यले तिहार विशेष भिडियो निर्माण गरिएको काँक्रेविहार मुभि हाउसका सञ्चालक अक्बर खानले जानकारी दिए ।
उनले भने ‘हामीले तिजका अवसरमा सामाजिक कथामा आधारित लघु फिल्म बाकस तयार गरेका थियौं । स्थानीय प्रतिभाको उजागर गर्दै कला, संस्कृतिको संरक्षण गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’ तिहारकै अवसरमा आरंग नेपालसंगको सहकार्यमा मुभि हाउसले लद्यु फिल्म छायाङ्कन तथा सम्पूर्ण काम पुरा गरिसकेको उनले जानकारी दिए । उक्त लघु फिल्म आइतबार सामाजिक सञ्जाल युटूव मार्फत सार्वजनिक गरिने मुभि हाउसका सञ्चालक खानले जानकारी दिए । लघु फिल्मको लेखन तथा निर्देशन रंगकर्मी गणेशभक्त गौतमले गरेका छन् ।



Prawash Kumar Shakya । १२ कार्तिक २०७३, शुक्रबार १२:५२ बजे