देशको समग्र विकास हुन प्राबिधिकको दरबन्दि कायम गरी पूर्ती गर्नु पर्नेमा जोड (भिडियो सहित)


असार २४, सुर्खेत ।

प्राबिधिक शिक्षा, आजको आबस्यकता भन्ने मूल नारा सहित देशैभरी सञ्चालीत जागरण अभियान कर्णाली प्रदेशमा पनि सञ्चालन गरीएको छ । सिटिइभिटिको आयोजना, निजि तथा प्राबिधिक शिक्षालय महासंघको समन्वयमा वीरेन्द्रनगरमा जागरण अभियान सञ्चालन गरीएको हो ।

मंगलगडि देखि सुरु भएको जागरण र्याली पिपलचौतारीमा पुगी परीणत भएको कोणसभालाई सम्बोधन गर्ने बक्ताहरुले प्राबिधिक शिक्षाले नै बेरोजगारी समस्या न्यूनिकरण गर्नुका साथै गुणस्तरीय शिक्षा आर्जन गरी आफ्नो खुट्टामा उभिन प्राबिधिक शिक्षा महत्व रहेकोमा जोड दिए ।

कोणसभालाई सम्बोधन गर्दै नीजि तथा प्राबिधिक शिक्षालय महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष अशोककुमार सिंहले सरकारद्धारा घोषित एक गाउँ, एक प्राबिधिक भन्ने अबधारणा तत्काल लागु गर्नु पर्ने, स्थानिय निकायमा प्राबिधिकको दरबन्दि सृजना गरी दरबन्दि पूर्ति गरे मात्रै देशको समग्र विकास हुनेमा जोड दिनुभयो । उहाँले थप्नुभयो….