सुर्खेतबाट पनि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु(राष्ट्रिय परिचयपत्रको फाईदाहरु सहित)


मिलन श्रेष्ठ

२१ मंसिर, सुर्खेत । सुर्खेतमा पनि आईतबार(आज) देखि राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको छ ।

नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त प्रमाणपत्र आजदेखि शुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहिलो परिचयपत्रमा नाम समावेश गरेर सेवाको शुभारम्भ गर्नुएको हो । विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने गरी सरकारले यो सेवाको शुरुवात गरेको हो ।

सुर्खेतमा पहिलो पटक लागु भएको तथ्यांकको आधारमा राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्रको सेवा शुरु गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए ।

कोरोना महामारीका कारण सेवा शुरू गर्न ढिलाइ भएपनि आजदेखि शुरू गरिएको लामिछानेको भनाइ छ । प्रमुख जिल्ला अधिकारीबाट सेवाको शुरुवात गरेका छौं,’ लामिछानेले भने, ‘राष्ट्रिय परिचयपत्रले व्यक्तिगत घटना जस्तै जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्ध विच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापन लगायत पञ्जिकरण सम्बन्धी काम गर्नमा थप सहज हुनेछ ।’
ृब्मक दथ ब्मःबलब।लभते

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरि नागरिकका सूचना वा विवरणहरु एकीकृत रुपमा राख्ने र यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधामा आवद्व गर्नमा थप टेवा पुग्ने सूचना अधिकारी लामिछानेको भनाई छ ।

‘राष्ट्रिय परिचयपत्र प्रदान गर्न आवश्यक पर्ने पूर्वाधारहरू, नीति तथा कानूनहरूको तर्जुमा गर्नमा सहयोग पुग्छ,’ लामिछाने भन्छन्, ‘नेपाल सरकारबाट नेपाली नागरिकहरूलाई प्रदान गर्ने सेवा सुविधाहरूलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्व गर्नुका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखहरूलाई नीति तथा योजना निर्माणमा प्रयोग गर्न सकिन्छ ।’

राष्ट्रिय परिचयपत्रबाट के फाइदा हुन्छ:-
राष्ट्रिय परिचयपत्रलाई नागरिकहरूले निम्न प्रयोजनका लागि उपयोग गर्न सक्नेछन् ।
ब्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा ।
मतदाता परिचयपत्रको रूपमा ।
सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा ।
सामाजिक सुरक्षा कार्डका रूपमा ।
सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा ।
अन्य सार्वजनिक सेवा सँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायहरुले झन्झट रहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्ने सम्भव हुन्छ ।