नेकपाको कर्णाली संसदीय दलको वैठक, विधान मस्यौदा कार्यदल गठन


 सुर्खेत, १ पौष ।

पार्टी एकता पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश संसदीय दलको वैठक पहिलो पटक वसेको छ । एक साता अघि सम्पन्न नेकपाको कर्णाली प्रदेश कमीटीको वैठकले पदाधिकारीको संयोजनमा संसदीय दलको वैठक वसेर दल एकिकरण गर्ने निर्णय गरेको थियो ।

जेष्ठ सदस्य पदमवहादुर रोकायको अध्यक्षतामा आईतवार संसदीय दलको कार्यालय सुर्खेतमा वसेको वैठकले ३ सदस्यीय विधान मस्यौदा कार्यदल गठन गर्ने निर्णय गरेको प्रदेश सभा सदस्य गोपाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदललाई भोली वस्ने वैठकमा संसदीय दलको विधान मस्यौदा पेश गर्ने कार्यादेश दिईएको छ । पुर्व नेकपा (एमाले)को संसदीय दलका सचेतक समेत रहनुभएका साँसद गुलावजंग शाहको संयोकत्वको कार्यदलमा सिता नेपाली र दल रावल सदस्य हुनुहुन्छ । सीता नेपाली पुर्व माओवादी केन्द्रकी संसदीय दलको सचेतक हुनुहुन्थ्यो भने दल रावल सामाजिक विकास मन्त्री हुनुहुन्छ ।

वैठकमा नेकपाका कर्णाली प्रदेश सहईन्चार्ज तथा पुर्व नेकपा (एमाले)का संसदीय दलका नेता यमलाल कँडेल, अध्यक्ष गोरखवहादुर वोगटी र सचिव मायाप्रसाद शर्माको विशेष उपस्थिति रहेको थियो । मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको सहजीकरणमा शूरु भएको वैठक भोली १ वजेसम्मका लागि स्थगित गरिएको छ । भोलीको वैठकमा विधान मस्यौदा पारित भए संगै संसदीय दलको नेता पनि चयन हुने वताईएको छ । मुख्यमन्त्री नै संसदीय दलको नेता हुने नेकपाको केन्द्रीय सचिवालयको निर्णय अनुसार हालका मुख्यमन्त्री महेन्द्रवहादुर शाही नै संसदीय दलको नेतामा चयन हुने पक्का रहेको वताईएको छ ।