एउटा विरुवा रोपे नगरपालिकाले २० रुपैया दिने


रमेश कुमार वली
सल्यान २५, असार । सल्यानमा शारदा नगरपालिकाले एउटा विरुवाको २० रुपैया दिने भएको छ । नगरवासीलाई विभिन्न जातका विरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले विरुवा लिएर हुर्काउनेलाई प्रति विरुवा रु २० का दरले उपलव्ध गराउने घोषणा गर्नु भएको हो ।
नगरपालिकाका १५ वटै वडाहरुमा फलफूलका विरुवाहरु वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले विरुवा लिएर हुर्काउने सवैलाई अर्को वर्ष अनुगमन पश्चात रकम भुक्तानी गरिने जानकारी दिनु भयो । “जिल्लामा कृषि विकास कार्यालय, जिल्ला वन कार्यालयले धेरै विरुवा वितरण ग¥यो तर पछि अनुगमन गरिएन अव त्यस्तो हुदैन अनुगमन गर्छौ र विरुवा जोगाएको भए प्रति विरुवा रु २० दिन्छौ ।” नगर प्रमुख सुरेश अधिकारीले भन्नु भयो ।
फलफूलको विरुवाले नगरको सुन्दरता समेत झल्काउनेरमेश कुमार वली
सल्यान २५, असार । सल्यानमा शारदा नगरपालिकाले एउटा विरुवाको २० रुपैया दिने भएको छ । नगरवासीलाई विभिन्न जातका विरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले विरुवा लिएर हुर्काउनेलाई प्रति विरुवा रु २० का दरले उपलव्ध गराउने घोषणा गर्नु भएको हो ।
नगरपालिकाका १५ वटै वडाहरुमा फलफूलका विरुवाहरु वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले विरुवा लिएर हुर्काउने सवैलाई अर्को वर्ष अनुगमन पश्चात रकम भुक्तानी गरिने  भएकोले आफुले पनि विरुवाहरु किनेर लगाउन अधिकारीले नगरवासीलाई आग्रह गर्नु भयो ।
नगरपालिकाले नगरभित्रका आँप, लिची, सुन्तला, कागती, ओखर तथा अन्य जडीवुटीहरुका विरुवा गरी २४ हजार विरुवा वितरण गरिएको छ । विरुवा लिएका सवै घरहरुमा विरुवा रोपेको छ छैन भनेर नगरपालिकाले कर्मचारी खटाएर अनुगमन गर्ने नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो ।