
मिलन श्रेष्ठ
१५ चैत, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अब कर्णाली प्रदेशमा अपराधि र भ्रष्टाचारीहरुको भविष्य नभएको बताउनु भएको छ । आज वीरेन्द्रनगरमा संचारकर्मीहरुसंगै कुरा गर्दै कर्णाली प्रदेशलाई समृद्धि गराउनका लागि भ्रष्टाचार र अपराधि क्रियाकलाप नियन्त्रण गर्न आवश्यक रहेको भन्दै सरकारले यसलाई रोक्नको लागि प्रदेश सरकारले आवश्यक नितिनियम बनाउने बताउनुु भयो ।
उहाँले जनताको सुरक्षाकोे ग्यारेन्टी सरकारले लिने भन्दै आंतककारी गतिविधिहरुलाई नियन्त्रण गर्नका लागि सरकार लाग्ने र यसमा सबैैको सहयोगको आवश्यक रहेको बताउनु भयो । ‘यहाँ विकास नहुनुमा भ्रष्टाचार मुख्य कारण हो । यहाँ संस्थागत भ्रष्टाचार भएका छन् । गलत काम गर्न नदिनका लागि हामी सबैले खबरदारी गर्न आवश्यक छ’ उहाँले भन्नुभयो, ‘ गलत गतिविधि गर्ने भ्रष्टाचारी गर्नेलाई उन्मुुक्ति दिनु हुँदैन् । हामी भ्रष्टाचारीहरुलाई कार्वाही गछौँ । यही अनुसारको नितिनियम बनाउँछौँ ।’

उहाँले अहिले प्रदेशको आफ्नै आयस्रोत नभएकोले प्रदेशको समृद्धिका लागि एक ढिक्का भएर चुनौतिहरुरुलाई समाना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले सरकारले आवश्यक कानुन निर्माणको कार्यमा लागेको जानकारी दिर्दै अब छिट्टै सरकारले प्रदेशको विकासका लागि श्वेत पत्र जारी गर्ने बताउनु भयो । प्रदेश सरकारले अब तत्तकालै हुम्लाको हिल्सा नाका खोल्न काम अघि बढाउने बताउनु भयो । उहाँले अहिले सरकारले मुख्य गरेर सडक, बिजुली, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्र योजना समेट्ने बताउनु भयो ।
उहाँले आगामी वर्षलाई पर्यटन वर्षका रुपमा मनाउने भन्दै अब कर्णाली प्रदेशमा पर्यटकिय क्षेत्रको विकास गर्ने र आर्थिक समृद्धिमा जोड दिने बताउनु भयो ।
वीरेन्द्रनगरमा सम्पन्न भेटघाट कार्यक्रमा आर्थिक मामिला तथा योजना बिकास मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशमा आएको बजेटलाई तलमाथि नगरी यस क्षेत्रलाई सम्बोधन हुने खालको बजेट ल्याउने बताए । रगत बगाएर बनाएको प्रदेश भएको भन्दै ज्वालाले यसलाई सुखी बनाउने कार्यमा आफुहरुको महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।
यसै गरी भेटघाट कार्यक्रममा आन्तरिक मामिला तथा गृह मन्त्रि नरेश भण्डारी, सामाजिक बिकास मन्त्रि दल रावल भुमि व्यवस्थापन मन्त्रि कर्णाली प्रदेश सरकारका ्रवक्ता विमला के.सी. लगाएतको उपस्थित रहेको थियो ।



Milan Shrestha । १५ चैत्र २०७४, बिहीबार १४:४९ बजे