व्यावसायिक सिलाई केन्द्रको शुभारम्भ


२५ असार, सुर्खेत । वीरेन्द्रनगरको ९ नं वडा कार्यालय सुर्खेतले आज महिला लक्षित कार्यक्रम अन्तरगत व्यावसायिक सिलाई कटाई केन्द्रको शुभारम्भ गरेको छ ।

वडाको पर्सेनी वीच टोलमा आज वडा अध्यक्ष सुरेश मानन्धरले केन्द्रको उद्घाटन गर्नुभएको हो ।

केन्द्रको उद्घाटन गर्दे अध्यक्ष मानन्धरले वडामा रहेका सिप भएका महिलाहरुलाई आत्मनिर्भर बनाउनकालागि महिला लक्षित कार्यक्रम अनुसार वडाले व्यावसायिक केन्द्रको शुभारम्भ गरेको बताउनुभयो । उहाँले भन्नुभयो “मानिसमा शिप मात्र भएर मात्र पनि हुँदैन । आफूमा भएको सिपलाई समय अनुसार परिचालन गर्न सकेन भने त्यो सिप खेर जान्छ । त्यसैले हामीले शिप भएका महिलाहरुलाई समेटेर केन्द्र संचालन गर्न सहयोग गरेको हौं ।”

त्यस्तै कार्यक्रमका सभापति एवं वडाका दलित महिला सदस्य टिका विकले केन्द्रमा संलग्न महिलाहरुलाई व्यावसायिक हुन दत्तचित्त भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले लगानी गरेको हो भनेर लापरवाही नगरि व्यावसाय गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य पुरनबहादुर शाही, टोल अध्यक्ष नरबहादुर गुरुङ्ग स्थानीय विद्यालयका प्रअ निमबहादुर शाही लगाएतले मन्तव्य राखुभएको कार्यक्रम संचालक वडा सचिव देवप्रसाद मुलेलले जानकारी दिनुभयो ।