
दाङमा विद्यार्थी बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ। घटनामा १५ जना घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री र हर्नेटी भन्ने स्थानको बीच भागमा बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना २१ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले सेतोपाटीलाई जानकारी दिए । ‘२१ जनाको शव हामीले घटनास्थलमा फेला पारेका छौं,’ शाहीले भने ‘खोजी कार्य अझैं जारी छ ,संख्या थपिनपनि सक्छ।’ उनले घटनास्थलमा अधिकाँस पुरुपको शव फेला परेको र मृतक महिलाको संख्या ५-६ जनाजति रहेको जानकारी दिए ।
त्यस्तै थप एकजना घाइतेको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । प्रदेश प्रहरी प्रवक्ता तथा डिएसपी पुष्पराज मल्ले अस्पतालमा मृत्यु भएका व्यक्तिको समेत सनाखत हुन नसकेको बताए ।
१५ जना घाइते मध्ये १४ जनाको अवस्था गम्भीर रहेको हुँदा उनीहरु सबैलाई राप्ती अंचल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँके तर्फ पठाइएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बेलुका ९ बजेसम्म मृतक कसैको पनि सनाखत हुन नसकेको डिएसपी शाहीले जानकारी दिए । उद्धार कार्य जारी रहेको हुँदा कम्तिमा पनि रातको १२ बजेसम्म उद्धार चल्न सक्ने ईप्रका तुलसीपुरका प्रमुख शाहीले जानकारी दिए ।

उक्त बस दुर्घटनामा परि घाइते भएका १५ जना मध्य १० जना पुरुष र ५ जना महिला रहेका छन् ।
यसैगरी दुर्घटनाका घाइते भएका १५ जना घाइतेहरुको नाम र ठेगाना यसप्रकार रहेको छः
१) जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १४ निवासी १८ बर्षीया छात्रा मिहाली हमाल (राप्ती अंचल अस्पतालमा उपचार जारी)
बाँके रिफर भएका घाइतेहरूः
२) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय कुसेन्द्र खत्री
३) दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर निवासी १७ बर्षीया समिक्षा रोकाया
४) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. १८ निवासी विक्रम भण्डारी
५) रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय प्रेमबहादुर खड्का
६) दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ स्यूजा निवासी १७ बर्षीया मुनुका रिजाल
७) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. २ निवासी १७ बर्षीय जीवन भण्डारी
८) जुम्लाको जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ४ निवासी १६ बर्षीया पर्शा रोकाया
९) अछाम जिल्लाको मंगलसेन नगरपालिका निवासी १९ बर्षीय युवराज ढुँगाना
१०) रुकुम जिल्लाको सानोभेरी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीया रोजिना पुन
११) दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी १८ बर्षीय संजय खनाल
१२) रुकुम जिल्लाको अर्मा निवासी १९ बर्षीय राजन डाँगी
१३) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ निवासी १६ बर्षीय भद्र विष्ट
१४) रोल्पा जिल्ला निवासी १७ बर्षीय प्रकाश वली
र
१५) नाम थर नखुलेको अन्दाजी १६÷१७ बर्षीय पुरुष व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
साभारः सेतोपाटी ।



Milan Shrestha । ६ पुष २०७५, शुक्रबार २१:५६ बजे