प्रहरीहरुको स्वास्थ्य परिक्षण


बिस्नप्रसाद न्यौपाने
कालिकोट असार ३० गते ।
जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत सबै प्रहरीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको प्राबिधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयमै शनिबार स्वास्थ्य शिविरको आयोजना गरी सबै प्रहरी अधिकारी तथा जवानहरुको सामान्य स्वास्थ्य परिक्षण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख सुबासचन्द्र बोहोराले सबै प्रहरीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । उनले प्रहरीको उचाई, तौल, रक्तचाप लगायतका बिषयमा जानकारी लिन कार्यालयमै स्वास्थ्य शिविर संचालन गरिएको बताए ।

जिल्ला अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. नहकुल शाहीको नेतृत्वको टोलीले ८५ जना प्रहरीको स्वास्थ्य परिक्षण गरेको मध्य २ जनामा उच्च रक्तचापको समस्या देखिएको जिल्ला अस्पतालका कार्यरत सिनियर अहेव दिपबहादुर रावलले जानकारी दिए ।