५ दिने व्यावसायिक तरकारी खेती तालिम सम्पन्न


२६ असोज, सुर्खेत । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई व्यावसायिक तरकारी खेती तालिम दिएको छ ।

संस्थाको कर्णाली प्रादेशिक कार्यालय द्वारा प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ५ दिने व्यावसायिक तरकारी खेती तालिम सम्पन्न गरेको हो ।

तालिमका जाजरकोट, रुकुम, सल्यान, दैलेख तथा सुर्खेत जिल्लाका २९ जना सदस्य सहभागी कार्यक्रम को समुदघाटन संस्थाका सुदुर तथा कर्णाली प्रदेश प्रमुख उत्तम कट्टेलले सदस्यहरुलाई व्यावसायिक बनाउनकालागि तरकारी खेती तालिम दिएको बताउनुभयो ।

तालिमका प्रशिक्षण वित्तिय सस्थाका ग्राहक संरक्षण तथा सामाजिक विकास विभाग अन्तर्गत रहि तालिम प्रसिक्षण कार्य गरिरहनुभएका निशान श्रेष्ठ तथा चेतराज बोहोराले गर्नु भएको थियो ।

तालिम सहजिकरण अतिथी प्रशिक्षक उद्योग तथा उपभोक्ता हित सरक्षण निर्देशनालयका उद्यमशिलता विकास सहजकर्ता टाेप बहादुर बिक तथा वीरेन्द्रनगर नगरपालिकाका कृषि विकास शाखाका शाखा अधिकृत हेमराज केसिले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सुर्खेत शाखा कार्यालय प्रबन्धक तथा कार्यक्रमका कार्यक्रम सयोजक मान बहादुर रानाले बडा दशै शुभ दिपावलि तथा छठ पर्वको अवसरम शुख ,शान्ती ,समृदी,तथा उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै तालिमका सिकेका कुराहरुलाई दत्तचित्त भएर व्यावसायिक बन्न सुझाव दिनुभएको थियो ।