बस्तीमा मृग


IMG_20160609_064709२७ जेठ । सुर्खेत ।

जेठ महिनाको प्रचण्ड गर्मि त्यसमा पनि बिहानको समय, प्राय जसो व्यक्तिहरु बिहानको हिडाईमा व्यस्त हुने समयमा लाटीकोईलीमा आज मृग भेटीएको छ । लाटीकोइली स्थीत सत्यनारायण मन्दिर नजिक स्थीत शिबबिहार पुस्तकालयमा नजिक उक्त मृग समातिएको हो ।

आज बिहानको सिम–सिम बर्षात भई रहेको समयमा पुस्तकालयको पश्चिम शिब मन्दिरको बाटो बाट करिब १०–१५ किलोको वजन भएको एउटा मृग दौडि देखेर स्थानीयबासी चकित भएको पुस्तकालयका कोषाध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।

मृगलाई कोषाध्यक्ष मानन्धर लगाएत केही स्थानीय युवाहरुको धेरै वेरको अथक प्रयासबाट समातिएको हो । मुखबाट रगत बगि घाइते रहेको मृगलाई स्थानीयबासीले छलफल गरि केही सुरक्षाकर्मी विच नजिकै रहेको सशस्त्र बन पोष्टमा राखि जिल्ला बन कार्यालयलाई बुझाइएको कोषाध्यक्ष मानन्धरले बताउनुभयो ।