शिबबिहारको स्थापना दिवसमा रक्तदान


सुर्खेत, २ साउन । शिव विहार बचत तथा ऋण सहकारी संस्था लि.वीरेन्द्रनगर–९ लाटिकोइलीले १८औं स्थापना दिवस मनाएको छ । रक्त दान नै जीवन दान भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै आज वीरेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्यि सहकारी महासंघका संचालक पदम दाहालले बिगत केहि समय यता सहकारी संस्थाहरुले नाफा कमाउने प्रतिस्पर्धामा लागेर सहकारी सेवा प्रदायक संस्थाहो भन्ने बिर्सिरहेको अवस्थामा यसरी यस सहकारीले समाजिक कार्यक्रममा अग्रसर देखाएको हुदा अन्य सहकारीहरुलाई पनि सामाजिक कार्य प्रति लाग्न अनुरोध गनुभयो ।
संस्थाका अध्यक्ष राजनप्रकाश शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, सल्लाहकार भुषणकुमार मानन्धर, कुमार श्रेष्ठ, समाजसेवि कालिप्रसाद शाक्य, संस्थाका कोषाध्यक्ष प्रवेशमान मानन्धर लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका सचिव शुभाष श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा ११ जना शेयर सदस्यहरुले रक्तदान गरेको जानकारी संस्थाका प्रवन्धक लवमान श्रेष्ठले दिए ।