ला‍खेको बध संगै सकियो वीरेन्द्रनगरको जात्रा (भिडियो सहित)


८ भाद्र, सुर्खेत । प्रत्येक बर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाईने घण्टाकर्ण पर्व अर्थात गठेमङ्गल पर्व देखि वीरेन्द्रनगर सुर्खेतमा मनाइने विभिन्न जात्राहरु आज लाखेको बधको संगै सकिएको छ ।

पहिलापहिला वीरेन्द्रनगरमा धेरै ठाँउहरुबाट जात्राहरु निकालिन्थ्यो तर विस्तार लोफ हुँदै गएकाछन् तर वीरेन्द्रनगरको ९ नं वडाको लाटीकोइलीबाट भने प्रत्येक बर्ष निरन्तर जात्राहरु निकाल्ने गरिएको छ । बुढी गाइजात्रा (टाकटुके), रोपाई जात्रा लाखे जात्राहरु यसपाली पनि लाटीकोइलीबाट निकालिएका थिए ।

लाटीकोइलीमा नेवार समुदाय लगाएत स्थानीय सबै समुदाय मिलेर जात्राहरु निकाल्ने गरिन्छ ।

वीरेन्द्रनगर बजारमा श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट कृष्णको रथ निकाल्ने परम्परा रहदै आएको छ । विभिन्न समुदायले श्रीकृष्णको रथ यात्रा निकालेर वीरेन्द्रनगर बजार परिक्रमा गर्ने गरिन्छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट श्रीकृष्णले लाखेको बध गरेपछि जात्राहरु सकिन्छ ।

यसपल्टपनि लाटीकोइलीबाट निकालिएको लाखे र श्रीकृष्णको रथले वीरेन्द्रनगर बजार परिक्रममा गरि स्थानीय लाटीकोइलीको शिव माध्यमिक प्राङ्गणमा लाखेको बध गरि यसपालीको जात्रा समाप्त भएको हो ।