कर्णाली प्रदेश झल्कने


माघ २९ काठमाण्डौ ।

कर्णाली प्रदेशको इतिहास, कला संस्कृति, जीवनशैली झल्कने गरी यही फागुन ३, ४ र ५ गते काठमाण्डौको भृकुटीमण्डपमा बृहत कर्णाली महोत्सवको आयोजना हुने भएको छ ।

“हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरूको उत्सव” भन्ने नारा सहित आयोजना हुने प्रर्दशनीमा गौरवमय इतिहास बोकेको कर्णालीको कला–संस्कृति, पुरानो सभ्यता, प्राकृतिक सुन्दरता र सम्भावना स्रोतको प्रर्दशनी हुनेछ । कर्णाली प्रदेशको संकृतिको प्रचुरता र अतितको महिमाबारे काठमाडौँबाट सम्पूर्ण देशलाई अवगत गराउन र सम्पूर्ण देशवासीलाई कर्णालीको भ्रमण गर्न उत्प्रेरणा दिने र लगानीकर्ताहरुलाई कर्णालीको सम्भावनाबारे जानकारी गराउने उद्देश्य सहित प्रर्दशनी आयोजना गरिएको आयोजक जानकारी दिएको छ ।

प्रर्दशनीमा कर्णालीका मौलिक सांस्कृतिक कार्यक्रम, निजी क्षेत्रका स्टलहरु, फोटो, भिडियो र सन्दर्भ सामाग्रीहरुको प्रर्दशनी, खस भाषा र सभ्यताको सत्र, रैथाने खानाका परिकार र प्रांगरिक कृषि प्रर्दशनी मुख्य आकर्षणको रुपमा रहनेछ । समृद्ध कर्णाली अभियानको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा हुने प्रर्दशनीमा १ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।