शिब मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुईचो (फोटो सहित)


मिलन श्रेष्ठ
सुर्खेत, १४ साउन । साउन महिना हिन्दू धर्माबलम्बीका लागि विशेष महिना मानिन्छ । साउन महिनामा भगवान शिवको आराधना र पूजा गर्ने महिनाको रुपमा चिनिन्छ । धेरै महिलाहरु साउनमा उपवास पनि बस्ने गर्छन् ।

यस्तै सुर्खेत जिल्लाको ऐतिहासिक, प्राचिन एवंम् धार्मिक स्थल लाटीकोईलीको शिब मन्दिरमा सोमबार बिहानै देखी पूजाआजा गर्नेहरुको बाक्लो भीड लागेको छ ।